राजस्व संकलनमा कमी



शिक्षा पन्त, लमजुङ
मालपोत कार्यालय लमजुङको राजस्व संकलनमा कमी आएको छ । कोरोना भाइरस संक्रमणको जोखिमसख्गै सरकारले गरेको लकडाउनका कारण मालपोत कार्यलयको सेवा प्रवाह रोकिख्दा अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष राजस्व संकलन घटेको मालपोत कार्यालय लमजुङले जनाएको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा ९ करोड १३ लाख ७३ हजार ६ सय ५७ रुपियाख् राजस्व संकलन भएको मालपोत कार्यालयमा गत आर्थिक वर्षमा चार करोड ६९ लाख ९२ हजार दुई सय १४ रुपियाख्मात्रै राजस्व संकलन भएको हो । एक वर्षको अवधिमा एक हजार ९ सय ३० जनाले गरेको घरजग्गासम्बन्धी कारोबारबाट उक्त राजस्व रकम संकलन भएको मालपोत कार्यालय लमजुङका खरिददार रुद्रबहादुर गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार गत आर्थिक वर्ष २०७६÷७७ मा लिखत रजिष्ट्रेशन शुल्कमार्फत ३ करोड २६ लाख ८४ हजार ९ सय २१ रुपियाख् संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्