निषेधाज्ञाका बीच शेयर बजारमा उत्साह



काठमाडौं, (नेस)

निषेधाज्ञाका बीच अधिकांश लगानीकर्ताले विद्युतीय माध्यमबाट कारोबार गरेको शेयर बजार साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १२ दशमलव ७७ अंकले बढेर १४१० दशमलव ३४ बिन्दुमा पुगेको छ ।

कुल १८४ कम्पनीको २४ लाख ९८ हजार कित्ता शेयर १ अर्ब १० करोड ८० लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ । आइतबार कारोबार भएका १२ समूहमध्ये तीन समूहको परिसूचक ओरालो लागेको छ भने बाँकी आठ समूहको परिसूचक भने उकालो लागेको छ ।

जसमध्ये व्यापार समूह २ दशमलव ५६ अंक, जलविद्युत् समूह १ दशमलव ३८ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य ३ अंकले घटेको छ । यस्तै बैंकिङ समूह ४ दशमलव ८ अंक, होटल समूह २३ दशमलव ९४अंक, विकास बैंक समूह ७ दशमलव ९३, वित्त समूह ६ दशमलव शून्य ३, निर्जीवन बीमा समूह २३३ दशमलव २२ अंक, उत्पादन समूह ८८ दशमलव २३, अन्य समूह ४ दशमलव १४ अंक, लघुवित्त समूह २३ दशमलव ६१ र जीवन बीमा समूह १७३ दशमलव ८४ अंकले वृद्धि भएको छ ।

यस दिन समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कामएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ७७ प्रतिशतले बढेको छ । त्यस्तै नेको इन्स्योरेन्सको ७ दशमलव २४, तारागाउँ रिजेन्सी होटलको ६ दशमलव ५०, राष्ट्रिय बीमा कम्पनीको संस्थापकतर्फको ६ दशमलव ३७ प्रतिशतले वृद्धि भएको छ । साथै पञ्चकन्या माई हाइड्रोपावर, युनियन हाइड्रोपावर, साधना लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

त्यस्तै कारोबार रकमका आधारमा नेको इन्स्योरेन्स कम्पनी अगाडि छ । यस कम्पनीको १४ करोड ६४ लाख रुपियाँभन्दा बढीको शेयर कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको ७ करोड १९ लाख, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ६८ लाखको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्