बिचौलियको अन्त्य गर्दै आँधीखोला गाउँपालिका, किसानलाई घर–घरमै पैसा



भूपराज बस्याल, स्याङ्जा ।

बिचौलियका कारण कृषकले उचित मुल्य नपाउने अवस्था सिर्जना भैइ धेरैको रुचि कृषि पेशा प्रति कम हुँदै गैइरहेको अवस्थामा स्याङ्जाको आँधीखोला गाउँपालिकाले भने कृषि क्षेत्रमा बिचौलियको अत्यन्त गरि कृषि पेशालाई प्रोत्साहन गर्ने उदेश्यका साथ नयाँ कार्यक्रम ल्याएको छ ।

देशमा आर्थिक परिवर्तनको बलियो आधार कृषि क्षेत्र ठान्दै पालिकाका केही स्थानलाई कृषि पकेट क्षेत्र घोषणा गरि उक्त क्षेत्रमा मल बीउ बिजन लगायतमा अनुदान दिदै उत्पादित बस्तुको उचित मुल्यमा खरिद गरिदिने ब्यबस्था मिलाएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिनुभयो ।

कृषि क्षेत्रलाई मुख्य पेसा बनाउन सकियो भने जनताको जिबन स्तरमा परिवर्तन आउने र बिदेशीने जनशक्ति समेत स्वदेशमै खपत भैइ देशमा आर्थिक समृद्धि हुने हुँदा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकता दिएको उहाँको भनाइ थियो । स्थानीय तहले काम सुरु गरे देखिनै कृषि क्षेत्रलाई प्राथमिकता दिएको भन्दै अब उत्पादित बस्तु पालिकाले नै खरिद गरि बिचौलियको समेत अन्त्य गर्न लागेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

पालिकालाई कृषि पकेट क्षेत्र घोषणा गरि कृषकलाई आर्थिक क्षेत्र सक्षम बनाउन लागेको पालिकाले पकेट क्षेत्रको लागि मल बीउ विजन देखि आवश्यक कृषि सामग्रीमा पचास प्रतिशत अनुदान दिने ब्यबस्था मिलाएको भएपनि पहिलो पटक भने कृषि ज्ञान केन्द्र स्याङ्जाको पचास प्रतिशत र गाउँपाकिकाको पचास प्रतिशत गरी १०० प्रतिशत अनुदान प्रदान गरि आलु पकेट क्षेत्र घोषणा गरि कृषकबाट उत्पादित आलु प्रति के जी ५५ रुपैयाँ मा ३६४० के जी आलु खरिद गरेको पालिकाका सूचना अधिकारी रोशन लामिछानेले जानकारी दिनुभयो ।

अनुदान दिइयो भन्दैमा पालिकामै बेच्नुपर्छ भन्ने बाध्य छैन कृषकले पालिकाले तोकेको भन्दा धेरै मुल्य अन्तै पाएको खण्डमा अन्यत्र पनि बेच्न सक्ने लामिछानेले जानकारी दिनुभयो । कृषि क्षेत्रलाई प्रोत्साहन गर्न पालिकाले विभिन्न योजना ल्याएपनी कृषकले उचित मुल्य पाउन नसकेको भन्दै कृषकको गुनासो आउन थालेपछि पालिकाले खरिद गर्ने काम थालेको लामिछानेको भनाइ थियो ।

कृषकले उत्पादन गरेको आलु बारीबाटै खरिद गरी पालिकाले घर घरमै लगेर पैसा वितरण गरेपछि कृषक समेत उत्साहित भएका छन् । गाउँपालिकाले पहिलो चरणमा ३३ जना कृषकबाट उत्पादित आलु खरिद गरि करिब दुई लाख रुपैयाँ वितरण गरेको हो ।

लकडाउनको कारण कृषकहरूले उत्पादन गरेको आलुको बजारीकरणमा समस्या भएको भन्दै कृषकहरूको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले आलु संकलन गरी गाउँपालिकाले नै कृषि एम्बुलेन्स मार्फत विक्री गरेको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलको भनाइ थियो ।

यस कार्यले कृषि उत्पादनहरू बिक्री नभएर खेत बारीमै कुहिने, बिचौलीयाहरुले कम मूल्य दिने जस्ता समस्याहरूको अन्त्य भएर किसान दाजुभाइ, दिदी बहिनीहरूले अबका दिनहरूमा आफ्नो श्रमको उचित मूल्य पाउने उहाँको दाबी छ ।

गाउँपालिकाले आलु संकलन सुरु गरे पछि व्यावसायिक कृषकहरूले राहतको महसुस गरेका छन् । कृषकको बारीमा फलेको आलुलाई उपभोक्ताको घर घरमा लगेर सहुलियत दरमा उपलब्ध गराउन थाले पछि उपभोक्ताहरूले समेत बजारको मुल्यमा ताजा आलु घरमै पाउन थालेका छन्।

कृषकले उत्पादन गरेको आलु बेच्न समस्या भएको र उपभोक्ताले सहज मूल्यमा आलु नपाएको अवस्थामा अहिले गाउँपालिकाद्वारा उपभोक्ताको घरघरमै सुपथ मूल्यमा आलु पुग्न थालेपछि स्थानीय उत्साहित भएका छन् । यो चरणमा ४५ क्विन्टल कार्डिनल नामको आलुको बीउ कृषकहरूलाई वितरण गरि कृषि प्राविधिकहरूको रोहबरमा आलु रोपिएको थियो।

यसैवीच व्यावसायिक कृषि गर्न चाहने कृषकहरूको लागि कृषि उपकरण,बीउ विजन , प्राविधिक सहयोग मात्रै होइन उचित मूल्य सहितको बजारीकरणको जिम्मा समेत पालिले लिने हुँदा कृषकलाई ढुक्क भएर कृषि पेशामा लाग्न अध्यक्ष पौडेलको कृषक लाई आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्