महामारीमा विद्यालय फर्काउने अभियानमा युनिसेफको सक्रियता



विश्वको सम्पूर्ण एक पिंढीको शैक्षिक अवस्था नै हाल कोभिड–१९ को महामारीका कारण अवरुद्ध भएको छ। कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि अप्रिलमा विश्वभरि धमाधम लकडाउन लगाउने क्रममा १ सय ९४ मुलुकका झन्डै ९१ प्रतिशत विद्यार्थी विद्यालयको पहुँचबाट टाढा भए।

यसबाट विश्वभरका विद्यार्थीहरूको जीवनशैली, सिकाइ र व्यक्तित्व विकासमा नराम्रो प्रभाव परेको छ। युनिसेफले विभिन्न मुलुकका विद्यालय र त्यहाँका सरकारहरूसँग सहकार्य गर्दै विेशषगरी उपेक्षित वर्गका बालबालिकाको सिकाइमा टेवा पु¥याउने तथा विद्यालयहरू पुनः सञ्चालनमा ल्याउने प्रयास गर्दै आएको छ।

त्यसरी बिस्तारै केही देशमा खुल्न थालेका विद्यालयहरूमा हात धुने स्थान, भौतिक दूरी, मास्क लगाउने र शरीरको तापक्रम नाप्नेजस्ता चिजको राम्रो व्यवस्था गरिएका छन्। विद्यालय खोलिएका केही मुलुकको अवस्था निम्न प्रकार छ।

भुटान ः
गत १ जुलाईमा भुटानको वान्गड्युस्थित साम्ेतेन्गान्ग सेन्ट्रल स्कुलले १ सय ३४ जना विद्यार्थीलाई पढाउन थालेको थियो। त्यही बेलादेखि मुलुकभरका ९ र ११ कक्षा पनि पुनः सञ्चालनमा ल्याइएको थियो। युनिसेफले राष्ट्रिय निर्देशिका विकास र पुनः सञ्चालनमा ल्याइने विद्यालयको नाम सूची तथा शुरू उपाय तय गर्न भुटानी शिक्षा मन्त्रालयसँग निकट सहकार्य गरिरहेको छ।

चीन ः
चीनको चोङक्विङमा २ जुनदेखि खोलिएका किन्डरगार्डेनमा प्रवेश गर्नुअघि बालबालिकाको तापक्रम परीक्षण र हाते स्यानिटाइजर प्रयोग गराउने काम भइरहेको छ। बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि त्यहाँका शिक्षक तथा कर्मचारीले कोभिड–१९ लक्षण अनुगमन गर्ने, असल स्वास्थ्य नियम पालनाका लागि प्रोत्साहन दिने तथा कक्षाकोठा र छात्रवासमा संक्रमणरहित पार्ने काम गरिरहेका छन्। धमाधम खुल्दै आइरहेका चीनका विद्यालयमा युनिसेफले विद्यार्थी, शिक्षक र अभिभावकलाई स्वास्थ्य सुरक्षासम्बन्धी व्यावहारिक ज्ञान र राय सुझाव प्रदान गर्दै आएको छ।

कोटे डि आइभोइरे ः
१८ मे महिनादेखि साउथ वेस्टको सान– पेड्रोका प्राथमिक विद्यालयमा बालबालिका उपस्थित हुन थालेका छन्। मास्क लगाउने, नियमित रूपमा हात धुने तथा भौतिक दूरी कायम गर्ने नीतिलाई राम्ररी पालना गराइएको छ। तर, शिक्षा मन्त्रालयले जुनको अन्त्यदेखि सेप्टेम्बरसम्म पुनः विद्यालय बन्द गर्ने घोषणा गरेको थियो। युनिसेफले पनि त्यहँँविविध पक्षमा आफ्नो तर्फबाट मद्दत गरिरहेको छ।

इजिप्ट ः
युनिसेफले इजिप्टमा पनि सुरक्षित ढंगले पुनः विद्यालय खोल्नका लागि निर्देशिकाको विकासमा शिक्षा मन्त्रालयललाई सहयोग गरिरहेको छ। साथै, यसले मिनिया तथा फायोउमस्थित ३ सय ६० वटा विद्यालयमा भाइरसविरुद्ध रासायनिक औषधि छर्कने काममा पनि सघाएको छ। यस कार्यले ३ लाख ३८ हजार २ सय ५९ जना विद्यार्थीको स्वास्थ्य सुरक्षित हुनेछ। यसैगरी, युनिसेफले १२ कक्षाको अन्तिम परीक्षा शुरू हुनुअघि ५ सय ६७ वटा अरू विद्यालयमा पनि यही काम गर्नेछ ।

लाओ पिपुल्स डेमोक्र्याटिक रिपब्लिक ः
१८ मेमा राजधानी भिएनटिएनेको एक सरकारी विद्यालय लिसी डि भिएनटिएनेले ९ सयभन्दा बढी विद्यार्थीलाई पुनः विद्यालय फर्काएको थियो। दुई महिना विद्यालय बन्द गरि“दा कुनै नयाँकोरोना संक्रमणको घटना नदेखिएपछि शिक्षा मन्त्रालयले विद्यालय सुरक्षा निर्देशिका जारी गरेको हो। युनिसेफले बालबालिकालाई विद्यालय फर्काउने लक्ष्यसहितको कोभिड–१९ सम्बन्धी कार्यक्रम बनाउन शिक्षा मन्त्रालयललाई सहयोग गरेको छ। अभिभावक, विद्यार्थी र शिक्षक लक्षित अभियानअनुसार सबै विद्यालयमा पोस्टर वितरण गर्ने तथा डिजिटल र परम्परागत मिडियामार्फत सन्देशहरू प्रसारण गर्ने कार्य गरिएको छ।

भियतनाम ः
११ मेमा लाओ काइस्थित विद्यालय पुनः खोलिँदा शिक्षक र विद्यार्थी दुवैले भाइरस रोकथामसम्बन्धी उपायहरू अपनाएका थिए। कोभिड–१९ महामारी चलुन्जेलसम्म विद्यालयहरू सुरक्षित राख्न अपनाइएका ती उपायलाई ‘नयाँबानी’ को संज्ञा दिइएको थियो। जनवरीको उत्तरार्धको नयाँचान्द्रिक वर्ष पर्व मनाएयता बन्द रहेका विद्यालयहरूका करिब २ करोड २० विद्यार्थी पुनः विद्यालय फर्केका थिए। तिनीहरूले शिक्षा मन्त्रालयले तय गरेका वातावरणीय, स्वस्थ खानेकुरादेखि लिएर मेडिकल, सरसफाइका उपकरण, शारीरिक तापमान परीक्षण, मास्क प्रयोग, भौतिक दूरी कायमजस्ता सम्पूर्ण नियम पालना गर्न अनिवार्य बनाइएको छ। यस सम्बन्धमा युनिसेफले मुलुकभरिका ४३ हजार ९ सय ६६ वटा विद्यालयमा सहयोग प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्