महामारीमा बिद्यालय फर्काउने अभियानमा युनिसेफको सक्रियता



एजेन्सी । विश्वको समपूर्ण एक पिंढीको शैक्षिक अवस्था नै अहिले कोभिड १९ को महामारीको कारण अवरुद्ध भएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि अप्रिलमा मुलुकहरुमा धमाधम लकडाउन लगाउने क्रममा १ सय ९४ वटा भन्दा बढि मुलुकका झण्डै ९१ प्रतिशत बिद्यार्थी बिद्ययलयको पहुँचबाट टाढिन बाध्य भएका छन् ।

यसबाट विश्वभरका बिद्यार्थीहरुको जीवन शैली , सिकाई र व्यक्तित्व विकासमा नरामे प्रभाब परेको छ । युनिसेफले विभिन्न मुलुकका बिद्यालय र त्यहाँका सरकारहरुसंग सहकार्य गर्दै विेशष गरी उपेक्षित वर्गक बालबालिकाको सिकाईमा टेवा पु-याउने तथा बिद्यालयहरु पुन संचालनमा लयाउने प्रयासहरु गर्दे आएको छ ।

त्यसरी विस्तारै केहि देशमा खुल्न थालेका बिद्यालयहरुमा हात धुने स्थान , भौतिक दूरी , मास्क लयगाउने र शरिरको तापक्रम नाप्ने जस्ता चिजको राम्रो व्यवस्था गरिएका छन् । बिद्ययाल खोलिएका केहि मुलुकको अवस्था निम्न लिखित छन् ।

भुटान

गत १ जुलाईमा भुटानको वान्गड्यु स्थित साम्ेतेंन्गान्ग सेन्ट्रल स्कूलले १ सय ३४ जना बिद्यार्थीलाई पढाउन थालेको थियो । त्यहिबेला देखि मुलुकभरिका ९ र ११ कक्षा पनि पुन संचालनमा ल्याइएको थियो । युनिसेफले राष्ट्रिनिर्देशिका विकास र पुन संचालनमा ल्याइने बिद्यालयका नाम सुचि तथा सुरुषा उपाय तय गर्न भुटानी शिक्षा मन्त्रालयसंग किट सहकार्य गरिरहेको छ ।

चीनः चीनको चोंगक्विंगमा २ जुन देखि खोलिएका किन्डरगार्टेनमा प्रवेश गर्नु अघि बालबालिकाको तापक्रम परिक्षण र हाते स्यानिटाइजर प्रयोग गराउने काम भइरहेको छ । बालबालिकाको स्वास्थ र सुरक्षाका लागि त्यहाका शिक्ष्क तथा कर्मचरीहरुले कोभिड १९ लक्षण अनुगमन गर्ने , असल स्वास्थ नियम पालनाका लागि प्रोत्साहन दिने तथा कक्षाकोठा र छात्रवासमा संक्रमण रहित पार्ने काम गरिरहेका छन् । धमाधम खुल्दै गइरहेका चीनका बिद्यालयहरुमा युनिसेफले बिद्यार्थी , शिक्षक र अभिभावकहरुलाई स्वास्थ सुरक्षा सम्बन्धी व्यवहारिक ज्ञान र राय सुझाव प्रदान गर्दै आएको छ ।

कोटे डि आइभोइरे

१८ मे देखि साउथ वेस्टको सान –पेड्रोका प्राथमिक बिद्यालयहरुमा बालबालिका कक्षामा उपस्थित हुन थालेका छन् । मास्क लगाउने , नियमित रुपमा हात धुने तथा भौतिक दूरी कायम गर्र्ने नीतिलाई राम्ररी पालना गराइएको छ । तर शिक्षा मन्त्रालयले जुनको अन्त्य देखि सेप्टेम्वर सम्म पुन बिद्यालय बन्द गर्ने घोषणा गरेको थियो । युनिसेफले पनि यहाँ विविध पक्षमा आफ्नो तर्फबाट मद्धत गरिरहेको छ ।

इजिप्ट

युनिसेफले इजिप्टमा पनि सुरक्षित ढंगले पुन बिद्यालय खोल्नका लागि र्निेशिकाको विकासमा शिक्षा मन्त्रालयललाई सहयोग गरिरहेको छ । साथै यसले मिनिया तथा फायोउम स्थित ३ सय ६० वटा बिद्यालयमा भाइरस विरुद्ध रसायनिक औषधि छर्कने काममा पनि सघाएको छ । यस कार्यले ३ लाख ३८ हजार २ सय ५९ जना बिद्यार्थीको स्वास्थ सुरक्षित हुनेछ । यसैगरी युनिसेफले १२ कक्षाको अनित्म परिक्षा शुरु हुनु अघि ५ सय ६७ वटा अरु बिद्यालयमा यहि काम गर्नेछ ।

लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिक 

१८ मेमा राजधानी भिएनटिएने को एक सरकारी बिद्यालय लिसि डि भिएनटिएनेले ९ सय जना भन्दा बढि बिद्यार्थीलाई पुन बिद्यालय फकाएको थियो । दुई महिना बिद्यालय बन्द गरिँदा कुनै नयाँ बोरोना संक्रमणको घटना नदेखिए पछि शिक्षा मन्त्रालयले बिद्यालय सुरक्षा निर्देशिका जारी गरेको हो ।

युनिसेफले बालबालिकालाई बिद्यालय फकाउने लक्ष सहितको कोभिड १९ सम्बन्धी कार्यक्रम बनाउन शिक्षा मन्त्रालयललाई सहयोग गरेको छ । अभिभावक , बिद्यार्थी र शिक्षक लक्षित अभियान अनुसार सबै बिद्यालयमा पोस्टर वितरण गर्ने तथा डिजिटल र परम्पारग मिडिया मार्फत सन्देहरु प्रशारण गर्ने कार्य गरिएको छ ।

भियतनाम

११ मेमा लाओ काइ स्थित बिद्यालय पुन खोलिँदा शिक्षक र बिद्यार्थी दुवैले भाइरस रोकथाम सम्बन्धी उपायहरु अपनाएका थिए । कोभिड १९ महामारी चलुन्जेल सम्म बिद्यालयहरु सुरक्षित राख्न अपनाइएको ति उपायलाई ‘ नयाँ बानीहरु ’ को संज्ञा दिइएको थियो । जनवरीको उत्ररार्धको नयाँ चान्दि«क वर्ष पर्व मनाएयता बन्द रहेका बिद्यालयहरुका करिव २ करोढ २० बिद्यार्थी पुन बिद्यालय फर्केका थिए ।

तिनीहरले शिक्ष मन्त्रालयले तय गरेका वातावरणिय , स्वस्थ खानेकुरा देखि लिएर मेडिकल । सरसफाइका उपकरण , शारिरीक तापमान परिक्षण , मास्क प्योग , भौतिक दूरी कायम जस्ता सम्पूर्ण नियम पायलना गर्न अनिवार्य बनाइउको छ । यस सम्बन्धमा युनिसेफले मुलुभरिका ४३ हजार ९ सय ६६ वटा विद्यालयमा सहयोग प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्