ग्लोबल आइएमई बैंकद्वारा कल सेन्टरको शुरू



काठमाडौं, (नेस)
ग्लोबल आइएमई बैंकले ग्लोबल कनेक्ट नामक कल सेन्टरको शुरुआत गरेको छ । ग्लोबल कनेक्टले अहिलेको डिजिटल युगको आवश्यकताअनुसार बैंकका ग्राहकको मागलाई सम्बोधन गर्ने बैंकले जनाएको छ ।

ग्लोबल कनेक्टमार्फत ग्राहकले शुरुवाती चरणमा विहान ८ बजेदेखि बेलुका ७ बजेसम्म फोन गरी आफ्ना जिज्ञाशाको समाधान, गुनासो, सूचना, तथा सुझावका लागि सम्पर्क गर्न सक्नेछन् । ग्राहकहरुले +९७७–१–५९७०६०० मा फोन गरी ग्लोबल कनेक्टमार्फत बैंकको विभिन्न सेवासम्बन्धी जानकारी हासिल गर्न सक्नुहुनेछ ।

ग्लोबल कनेक्टको शुरुवातले सेवाग्राहीलाई थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा

फैलिएको शाखा सञ्जालसहित २३४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २१८ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालयमार्फत् २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्