आज सुनको मूल्य कतिमा काराेबार भइरहेकाे छ ?



काठमाण्डौ । सुनचाँदीको भाउ आज आज ह्वात्तै २ हजार २ सयले बढेर एक लाख चार सय पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा आज ह्वात्तै २ हजार २ सयले बढेको हो ।

सुनचाँदीको भाउ हिजाे घटेर तोलामा २ सय रुपैयाँ घटेर सुन तोलामा ९८ हजार २ सय रुपैयाँ तोकिएको  थियाे । साउन महिनाभरि नै दैनिकजस्तै रेकर्ड बनाएको सुनको भाउ महिनाको अन्तिम दिन तोलामा ९८ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज तेजावी सुनको मूल्य ९९ हजार ९ सय निर्धारण गरिएको छ ।

चाँदीको भाउ मंगलबार तोलामा  तोलाको १३ सय ८० रुपैयाँ निर्धारण गरिएको  महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि हिजाे तोलाको १३ सय १५ रुपैयाँ निर्धारण गरिएकोमा आज तोलामा ६५ रुपैयाँ बढेको छ ।

प्रतिक्रिया दिनुहोस्