एनएमबि ओम्निच्यानल सञ्चालनमा



काठमाडौं, (नेस)
एनएमबि बैंकले डिजिटल बैंकिङका निम्ति वेब र मोबाइल एप्लिकेशनमा ‘एनएमबि ओम्निच्यानल’ ल्याएको छ । एनएमबि ओम्निच्यानलले अब ग्राहकले नियामक निकायका आवश्यकताबाहेक बैंकसम्म नगई मोबाइल फोन र अन्य अनलाइन प्लेटफर्मबाट मुख्य बैंकिङ गतिविधि सञ्चालन गर्न सक्नेछन् ।
उक्त च्यानलमा केवाईसी अपडेट गर्न, पिन र पासवर्ड रिसेट गर्न, टीडीएस स्टेटमेन्टहरू हेर्न, बचत र एफडी खोल्न÷बन्द गर्न, समय अगावै एफडी प्रिम्याचुअर गर्न, एफडी बापत कर्जा लिन, खाताको उद्देश्य, कारोबार संख्या, रकमको स्रोत, प्यान, भ्याट, स्थायी ठेगाना, बैवाहिक स्थिति, पेशा अपडेट गर्न, चेक बुक अनुरोध गर्न, चेक भुक्तानी रोक्का गर्न, खाता सक्रिय गर्न, नया“ डेबिट कार्ड अनुरोध गर्न, नवीकरण गर्न, रिसेट वा रोक्का गर्न सकिन्छ ।
त्यस्तै एकभन्दा बढी खाता हेर्न, डिमान्ड ड्राफ्ट जारी गर्न, एफडीआई प्रमाणपत्र प्राप्त गर्न, युएसडी कार्ड अनुरोध गर्न, टपअप गर्न, कर्जा योग्यता परीक्षण गर्न, खाताको स्टेटमेन्ट हेर्न ब्यालेन्स प्रमाणपत्र प्राप्त गर्न, टिडीएस प्रमाणपत्र प्राप्त गर्न, स्विफ्ट ट्रान्सफर अनुरोध गर्न र अन्य विविध सेवा शाखासम्म पुग्नुको सट्टा ओम्नि च्यानलको प्लेटफर्ममार्फत प्राप्त गर्न सकिन्छ । ग्राहकले आईओएसका लागि एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्लेबाट बैंकको ई एनएमबि मोबाइल एप्लिकेसन डाउनलोड गरेर उक्त सेवा शुरू गर्नको लागि प्रक्रिया अनुसरण गर्न सक्नेछन् ।
‘एनएमबि ओम्निच्यानलले ग्राहकले नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको सीमितताभन्दा माथि उठेर बैंकमा नधाईकनै प्रशस्त सम्भावनासहित मुख्य बैंकिङ गतिविधि सञ्चालन गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्