एलजीको भिभाचे सिरिज वासिङ मेसिन बजारमा



काठमाडौं, (नेस)
एलजीको भिभाचे सिरिजको वासिङ मेसिन नेपाली बजारमा आएको छ । यस वासिङ मेसिनमा नयाँ प्रविधि रहेको कम्पनीले जनाएको छ । जसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषता पत्ता लगाउ“छ, र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउछ ।
कम्पनीका अनुसार यस वासिङ मेसिनमा कपडाको हरेक रेसा रेसाभित्र पसेर ९९ दशमलव ९ प्रतिशत किटाणु नष्ट गर्छ र ३० प्रतिशत कपडालाई खुम्चिन बाट बचाउ“छ । यस मेसिनले उच्च र कम गति आवश्यकताअनुसार पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा वास साइकल पूरा गर्दछ । जसले बिजुली र समयको बचत गर्छ ।कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सरको मद्दतले रिन्ज र स्पिनको बेलामा मेसिनलाई स्थिर, लो–नोइज र कम्पनमुक्त गर्दछ । नेपालमा एलजी ब्रान्डका आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्रालि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्