पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो



न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डीजेल र मटितेलको मूल्य फेरि बढाएको छ । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक-एक रुपैयाँ बढाएको हो । खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ ।

मुल्य बढेपछि अब पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ । निगमले १५ दिनअघि मात्रै पेट्रोल, डिजलको मुल्य प्रतिलिटर २ रुपैयाँले बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्