सिद्घार्थ बैंकद्वारा कोरोना कोषमा रकम जम्मा



काठमाडौं, (नेस)
सिद्घार्थ बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको दुई करोड ६७ लाख २७ हजार ९२९ रुपिया“ सरकारको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई हस्तान्तरण गरेको छ ।
उक्त रकम बैंकका अध्यक्ष मनोजकुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गर्नुभएको थियो ।

उक्त अवसरमा अर्थमन्त्री डा. खतिवडाले बैंकलाई धन्यवाद ज्ञापन गर्दै बैंकको तर्फबाट प्रदान गरिएको यो सहयोग नै हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वको सबैभन्दा राम्रो उदाहरण भएको बताउ“दै प्राप्त रकमको सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा नै सदुपयोेग गर्ने बताउनुभयो । यसअघि पनि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई गरी ७६ लाख २४ हजार ६२० रुपिया“ सहयोग गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्