एनसेलले ल्यायो ‘अल्ट्रा वाईफाई सिम प्लस’

0
Shares

काठमाडौं, (नेस)
घर तथा साना कार्यालय प्रयोजनका लागि उपभोक्ताले अब झन्झटरहित र सुलभ वाईफाई सेवा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले चौथो पुस्ताको मोबाइल सेवा फोरजी÷लङ्ग टर्म इभोलुसन (एलटीई) नेटवर्क विस्तार गरिएका देशका सबै स्थानमा उपलब्ध हुने गरी ‘अल्ट्रा वाईफाई सिम प्लस’ सेवा ल्याएको हो ।
अल्ट्रा वाईफाई सिम प्लस उपभोक्ताका लागि मासिक ४० जीबी डेटा भोलुम बन्डलसहितको सिम कार्ड हो । वाईफाई सेवाका लागि बन्डल डेटाबाहेक ग्राहकले यो सेवाअन्तर्गत दुई वटा सिम पाउ“छन् जसमा प्रत्येक महिना डेटा, अन नेट टक टाइम र डिजिटल कन्टेन बन्डल सेवाका रुपमा पाइन्छ । आफ्नो नया“ थिम ‘प्लस’अन्तर्गत कम्पनीले वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई सम्बोधन गर्न देशैभर विस्तार गरिएको फोरजी नेटवर्कमा रहेका उपभोक्तालाई लक्षित गर्दै यो सेवा ल्याएको हो ।
यस योजनाअन्तर्गत पाइने सिम कार्डलाई आफ्नो मोबाइल ह्यान्डसेट अथवा कुनै पनि फोरजी सर्पोट गर्ने डिभाइस, मीफी डिभाइस वा वायरलेस डिभाइसमा यो सिम राखि डेटा कनेक्टिभिटी र वाईफाई हटस्पटको फाइदा लिन सक्छन् । ग्राहकले यस सिमलाई फोरजी डिभाइसमा राखेपछि सबैभन्दा नजिकैको फोरजी टावरस“ग यो सिम कनेक्ट हुन्छ र यो टावरले सेवा प्रदान गर्ने क्षेत्रभित्र यो वाईफाई सेवा उपलब्ध हुनेछ ।
यो सेवाको वार्षिक शूल्क योजनाअन्तर्गत कर बाहेक मासिक ४३० रुपिया“ रहेको छ । ग्राहकले यस अल्ट्रा वाईफाई सिम प्लस सेवामा वायरलेस डेटा सेवाका लागि मासिक रुपमा ४० जीबी वायर फ्रि प्लस डेटा पाउ“छन् । यसका साथै बन्डल प्याकेजका रुपमा प्रत्येक महिना ५ जीबी डेटा, ५० मिनेट अन नेट टक टाइम र प्रभु टिभी र दामी म्युजिक डिजिटल सेवा पाइने दुई वटा फोरजी सिम पाउ“छन् । हप्ताको सातै दिन, २४सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यो सेवाको अर्को विषेशता रहेको छ । यसअघि साउन २० गते एनसेल आजियाटाले राउटरको प्रयोगमार्फत उपलब्ध हुने र तुलनात्मक रुपमा धेरे डेटा सेवाको आवश्यकता रहेका ग्राहकलाई ध्यानमा राखी ४० भन्दा बढी जिल्लामा उपलब्ध हुने गरी वायर फ्रि प्लस वाईफाई सेवा सञ्चालनमा ल्याएको थियो ।
यो योजनामा ग्राहकले सिम कार्ड, डिभाइस, डेटा, भ्वाइस, डिजिटल कन्टेन्टलगायत सेवासहितको बन्डल सेवा पाउ“छन् ।अल्ट्रा वाईफाई सिम प्लस सेवाअन्तर्गत पाइने सेवा हरेक ३० दिनको साइकलमा प्राप्त हुने छन् । ३० दिनको समयावधिभित्र प्रयोग गरिनसकेको वा बा“की सेवाहरु अर्को नया“ ३० दिनमा थप हुने छैन ।ग्राहकले नजिकैको एनसेल सेन्टर गई आवश्यक प्रक्रिया पु¥याई सजिलैस“ग यो सिमलिन सक्छन् । यो सेवाको बारेमा थप जानकारीको लागि एनसेल आजियाटाका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी जानकारी लिन सक्नेछन् भने अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी आवश्यकज ानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।

Skip This