एभरेष्ट बैंक शिल



काठमाडौं, (नेस)
दुई कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि एभरेष्ट बैंकको केन्द्रीय कार्यालय शिल गरिएको छ । दुई दिनका लागि बैंकको केन्द्रीय कार्यालय शिल गरिएको हो ।
संक्रमति कर्मचारीको कन्ट्रयाक ट्रेसिङ तथा अन्य कर्मचारीको परीक्षणपश्चात बैंकको केन्द्रीय कार्यालय खोलिने बताइएको छ । साथै बैंकको कार्यालयमा डिसइन्फेक्सनसमेत गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्