एनसीसी बैंक र मुक्तिनाथ विकास बैंकबीच सम्झौता



काठमाडौं, (नेस)
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक र मुक्तिनाथ विकास बैंकबीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एन्ड कमर्स बैैंकका १२७ शाखाबाट भुक्तानी गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र नेपाल क्रेडिट एन्ड कमर्स बैैंकका प्रमुख कार्यकारी अधिकृते रमेशराज अर्यालले हस्ताक्षर गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्