घूससहित कर्मचारी पक्राउ



बुटवल, (नेस)

विमानस्थलको कार्यालयका सहयोगी तथा मालपोत कार्यालयमा सहजीकरण गर्ने विश्वनाथ लोध र विचौलिया महेन्द्र यादवलाई ४ लाख घूससहित अख्तियारको टोलीले पक्राउ गरेको छ । रूपन्देहीको भैरहवमा सञ्चालनको अन्तिम तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयमा कार्यरत एक कर्मचारी र एक जना विचौलिया पक्राउ परेका हुन् ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घूस लिँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख डा. भिष्मकुमार भुसालले बताउनुभयो । बिचौलियामार्फत रकम लिने गरेको सूचनाका आधारमा पक्राउ गरिएको अख्तियार कार्यालयले जनाएको छ ।

सेवाग्राहीसँग घूस लेन–देन गर्न भैरहवाको सेन्चुरी बैंक पुगेर बैंकिङ कारोबार गर्दैगर्दा अख्तियार टोलीले उनीहरुलाई पक्राउ गरेको डा. भुसालले कथन छ ।

 

प्रतिक्रिया दिनुहोस्