घरभित्र ढुङ्गा खस्दा महिलाको मृत्यु



चिरञ्जीवी मास्के, दोलखा 

दोलखाको बिगु गाउँपालिका–४ सिंगटीमा घरभित्र ढुङ्गा खसेर गाह्रो र जस्ताको छाना भत्कँदा एक महिलाको ज्यान गएको छ । मंगलबार बिहान घरभित्र ढुङ्गा खसेर गाह्रो भत्कँदा विकास थामीको श्रीमती अन्दाजी ३५ वर्षीय रेणु थामीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घरभन्दा झन्डै ५ सय मिटर माथिबाट ढुङ्गा खस्दा घरभित्र काम गरिरहेकी थामीलाई गाह्रोले चेपेको र उनलाई उद्धार गरी उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्