पहिरोले आवागमनमा सकस



मिला दरै, तनहुँ ।
मनसुन सुरु भएसँगै आएको बाढीपहिरोले विभिन्न ठाउँका भौतिक संरचनामा क्षति पु¥याएर आवागमनमा सकस भएको छ । विशेष गरी एम्बुलेन्स सञ्चालन हुन नसक्दा बिरामीलाई समस्यामा परेका छन् । प्राकृतिक विपत्तिले अहिले धेरै ठाउँमा आवागमन नै ठुटेको छ । राजमार्गहरु समयमै मर्मत्को काम गरिने भएपनि शाखा मार्गहरु लामो समय भइसक्दा समेत गरिएको देखिदैन ।

तनहुँको व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाबाट बिरामी तथा खाद्यान्न ढुवानी गर्न समस्या भएको स्थानीयवासीको भनाई छ । बन्दीपुर गाउँपालिका–६ खहरेमा बिरामी भएको खण्डमा पनि उपचारका लागि एम्बुलेन्स आउने सडकमा नै पहिरो खस्दा आवागमन पूर्ण रोकिएको छ ।

बुद्धसिंह मार्गमा नै पहिरो खस्दा उक्त क्षेत्रबाट बिरामीलाई अस्पताल ल्याउन समस्या भएको बन्दीपुर गाउँपालिका–६ खहरेका स्थानीय लिपि थापाले बताउनुभयो ।

‘यस्तो बाटो छ, गर्भवतीलाई झन बढी समस्या छ, डेलिभरीको अवस्थामा पुगेका महिलाहरु अस्पताल पुग्न नपाउदै ज्यान जान सक्ने अवस्था छ, तर त्यसतर्फ कसैको ध्यान नपुग्दा दुख लागेको छ,’ थापाले भन्नुभयो । त्यस क्षेत्रमा दुई÷तीन ठाउँमा पहिरो खस्दा आवातजावातमा समस्या आएको छ ।

ग्रामीण क्षेत्रमा बसोबास गरेपनि विपत्तिको अवस्थामा बाटो समयमा बने उपचारको दायरामा पुग्न सक्ने उनीहरुको अपेक्षा छ ।

सर्पले डसेपनि उपचारका लागि अस्पताल पुग्न सक्ने अवस्था नभएको अर्का स्थानीय नरबहादुर गुरुङ बताउनुहुन्छ । ‘पानीले रुझेर माटो खुकुलो हुँदा पहिरो जाने क्रम जारी रहेको भएपनि सकेसम्म खुलाएमा स्थानीयवासीलाई कमसेकम उपचारको दायरासम्म पुग्न पाइन्थ्यो भन्ने आश नै मरेको छ,’ गुरुङ भन्नुहुन्छ । उक्त क्षेत्रका करिब तीन हजार घरधुरी प्रभावित भएका छन् ।

त्यस क्षेत्रका मास्दीघाट, बैदी, छिपछिपे, साराङघाट, कोटा, खहरे लगायतका गाउँहरुबाट अस्पतालसम्म पनि पुग्न नपाउने भएपछि उनीहरु आक्रोसित भएका छन् । बाटो नबन्दा धेरै मानिसहरु बिरामी हुँदा पनि अस्पताल पुग्ने अवस्था निर्माण नहुँदा अहिले त्यस क्षेत्रका बासिन्दाहरु आक्रोशित भएका छन् ।

मादी नदी नजिकैका सडक समेत चर्किएकाले अझै बढी समस्या थपिएको व्यास १३ का वडाध्यक्ष लेखबहादुर रानाले बताउनुभयो । वडाध्यक्ष रानाले बुद्धसिं मार्गतर्फ जाने सडकमै एक/एक फुट सडक भाँसिएपछि मर्मत्मा समस्या भएको जानकारी दिनुभयो । सडक भाँसिएपछि सवारीका साथै दमौली आउन समेत समस्या सिर्जना भएको उहाँले बताउनुभयो ।

सडक भाँसिदा सवारी सञ्चालनमा समस्या पर्नुका साथै बुद्धसिं मार्ग सुचारु गराउन नसकिएको हो । प्रदेश सरकारलाई मर्मत्का लागि दवाव दिइएको र सडक विभागले सडक खोल्ने प्रयास गर्नुपर्ने भएपनि अहिलेसम्म गरिएको छैन । त्यस्तै सोही क्षेत्रको सेतीगंगा आधारभूत विद्यालय समेत जोखिममा रहेको विद्यालयका प्रधानाध्यापक सिद्धान्त थापा मगरले जानकारी दिनुभयो ।

जिल्लाका ग्रामीण क्षेत्रबाट सडक बाढी पहिरोले क्षति पु¥याएपछि बिरामीलाई अस्पताल ल्याउनका लागि एम्बुलेन्स समेत पुग्न सक्ने अवस्था रहेको छैन । गत साउन ४ र ५ गते आएको बाढी र पहिरोले बन्दीपुर गाउँपालिका–६मा चार घर सेतीमादी नदीले बगाएको छ भने पाँच घरमा क्षति पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्