नेप्सेमा अजोड इन्स्योरेन्सको शेयर सूचीकृत



काठमाडौं, (नेस)

अजोड इन्स्योरेन्स र नेपाल स्टक एक्सचेन्जबीच प्रतिशेयर अंकित तथा चुक्ता मूल्य सय रुपियाँ कायम भएको शेयर सूचीकरण गर्ने सम्झौता भएको छ । कम्पनीले सर्वसाधारणसमक्ष एनआईबीएल एस क्यापिटल लिमिटेड (निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत ३० लाख कित्ता साधारणलाई बिक्री गरेको तथा कम्पनीका संस्थापकहरुले लगानी गरेको ७० लाख कित्ता शेयर समेत गरी जम्मा एक करोड कित्ता शेयर स्टक एक्सचेन्जमा सूचीकरण भएको हो ।

शेयर सूचीकरण सम्झौता पत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गर्नुभयो ।

यसैबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको मंगलबारदेखि दोस्रो बजारमा कारोबार हुने गरी पहिलो कारोबारका लागि कम्तिमा ९७ रुपियाँदेखि बढीमा २ सय ९१ रुपियाँसम्मको मूल्य सीमा तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्