स्थानीय तहमा वर्षेनी बेरुजु बढ्दै



नेपाल समाचारपत्र, बैतडी
बैतडीका स्थानीय तहमा प्रत्येक वर्ष बेरुजु बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवदेनअनुसार जिल्लाका प्रत्येक स्थानीय तहमा प्रत्येक बर्ष बेरुजु बढ्दै गएको पाइएको हो ।

जिल्लाको दशरथचन्द नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ मा १३ करोड २ लाख ३४ हजार बेरुजु देखिएको छ । अघिल्लो आर्थिक वर्षमा पनि सो नगरपालिकाको ३ करोड ६ लाख ५५ हजार बेरुजु फर्यौट गर्न बाँकी छ । यस्तै पाटन नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ मा १ करोड ३५ लाख ८० हजार बेरुजु देखिएको छ । सो नगरपालिकाको आर्थिक वर्ष २०७४/७५ को १ करोड ५१ लाख ४७ हजार बेरुजु फस्र्यौट गर्न बाँकी रहेको छ ।

मेलौली नगरपालिकामा आर्थिक बर्ष २०७५/७६ मा ३ करोड ६५ लाख ६० हजार बेरुजु देखिएको छ भने आर्थिक वर्ष २०७४/७५ मा ५ करोड ८ लाख ३३ हजार बेरुजु फस्र्यौट गर्न बाँकी रहेको छ ।

सिगास गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ मा ६ करोड ६ लाख ३५ हजार बेरुजु देखिएको छ भने आर्थिक वर्ष २०७४/७५ मा ८ करोड ६१ लाख ७५ हजार बेरुजु फस्र्यौट गर्न बाँकी रहेको छ । पञ्चेश्वर गाउँपालिकाको पनि बेरुजु बढ्दै गएको छ । सो गाउँपालिकामा आर्थिक बर्ष २०७४/७५ मा ८ लाख २७ हजार बेरुजु रहेकोमा आर्थिक वर्ष २०७५/७६ मा ४ करोड ३० लाख ६५ हजार बेरुजु देखिएको छ ।

यस्तै पुर्चौडी नगरपालिकाको आर्थिक वर्ष २०७४/७५ को ४ करोड ७६ लाख ३४ हजार बेरुजु फस्र्यौट गर्न बाँकी रहेको छ भने आर्थिक वर्ष २०७५/७६ मा ७ करोड ८३ लाख ४४ हजार बेरुजु देखिएको छ । यस्तै जिल्लाको सुर्नया गाउँपालिकामा आर्थिक वर्ष २०७४/७५ मा ३ करोड ५७ लाख ४४ हजार बेरुजु फस्र्यौट गर्न बाँकी रहेको छ भने आर्थिक वर्ष २०७५/७६ मा २ करोड ७६ लाख ८६ हजार बेरुजु देखिएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिकामा आर्थिक वर्ष २०७४/७५ मा ५ लाख १५ हजार बेरुजु देखिएकोेमा आर्थिक वर्ष २०७५/७६ मा ३ करोड ८६ लाख ७४ हजार बेरुजु देखिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिकामा पनि बेरुजु बढ्दै गएको छ । आर्थिक वर्ष २०७४/७५ मा ९३ लाख ७७ हजार बेरुजु देखिएकोमा आर्थिक वर्ष २०७५÷७६ मा ५ करोड ६५ लाख ४३ हजार बेरुजु देखिएको छ ।

शिवनाथ गाउँपालिकामा आर्थिक वर्ष २०७४/७५ मा ३ करोड २५ लाख ४६ हजार बेरुजु देखिएकोमा आर्थिक वर्ष २०७५/७६ मा भने ९९ लाख ३० हजार बेरुजु देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्