पार्टी संगठन बलियो वनाउन युुवाशक्ति परिचालन गरिने



 दयाराम पण्डित, बाजुरा

नेपाली कांग्रेसले तिन दिनसम्म ३८औं वीपी स्मृति दिवस मनाउने कार्यक्रम तय गरेअनुसार हिजो दोस्रो दिन पनि बाजुुरामा वीपी विचार गोष्ठीको आयोजना ग¥योे । कांग्रेसको भातृ संस्था नेपाल तरुणदलद्वारा आयोजित उक्त विचार गोष्ठीमा जिल्लास्थित बडीमालिकाको सभाहल नेता कार्यकर्ताले खचाखच भरिएको थियो ।

धेरैले वीपीको आदर्शबारे कोट्याए त कतिले जननायक वीपी मार्गबारे ईति वृतान्त भने । वीपीको कुटनीतिक शैली र राजनीतिक स्वतन्त्रता र राष्ट्र निर्माणका बहुुआयामिक ब्यक्तित्व भनेर प्रशंसा गरे । कतिपय कार्यकर्ताले वीपीको बाटो कांग्रेसले विराएको आक्रोश पनि पोखे ।

कांग्रेसको नेतृत्व तहमा पुुगेकाहरुको दिमाग परिचालन, भातृसंघ संस्थाका युवा पंक्तीलाई पाखुराका रुपमा परिचालन गर्नुपर्ने र नागरिकलाई केन्द्रमा राखेर मनमुटुभावना अनुसार काम गर्न गर्न सके मात्र वीपीको समाजवादी आदर्श कार्यन्वयन हुनमो नेता कार्यकर्ताले धारणा राखेका थिए ।

अबको जिल्ला अधिवेशन एकता र सहमतीको अधिबेशन हुने महाअधिबेशन पनि एकताको महाधिबेशन हुनेमा विस्वस्त रहने नेपाली कांग्रेस जिल्ला कार्यसमिती बाजुराका सभापति कबिराज पण्डितले पार्टी सहयात्री समकक्षी र कार्यकर्तालाई हौस्याएका छन् । उहाँले गाउँगाउँमा पार्टी संगठन बलियो वनाउन युुवाशक्ति परिचालन गरिने बताउनुभयो ।

उहाँले नेपाली कांग्रेसले वीपीको निष्ठा र आदर्शको राजनीतिबाट सिंगो पार्टी अभिप्रेरित भई पार्टी सञ्चालन भएको बताउनुुभयो । सभापति पण्डितले नेकपाको दुुइतिहाईको दम्भले देश खतरामा परेको आरोप लगाउनुुभयो । नागरिक कोरोना माहामारीको चपेटामा परेको वेला उपचार गर्नुको सट्टा नेकपाको सरकार ब्याप्त भ्रष्टारामा लुप्त रहेको आरोप उहांको थियो ।

कांग्रेस उपसभापति एवं हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बीपीको मेलमिलापको नीतिलाई अथ्याउँदै अर्काको पार्टी फुट्ला र हामी राज गरौंला भन्ने सोचमा कांग्रेस भए त्यो सपना कहिले पुरा नहुने झन पार्टी धराशयी हुने तर्क राख्नुभयो । उहाँले महाधिबेशनको पूर्वसन्ध्यामा पार्टी विभिाग गठन गर्नु राम्रो नभएको विचार औंल्याउनुभयो ।

त्यसैगरी पूर्व पार्टी सभापति मानवहादुर रावलले वीपीको आधुनिक समाजवाद वीपीका असमान्य जीवनमा नेपाली राजनीतमा मात्र हैन पश्चिम एशियाको समाजवादी राजनीतिमा तरंग ल्याएको बताउनुभयो । पूर्वसभापति रावलले पाटी नीति विधि संगतले चल्नुपर्ने आगमी महाधिबेसनतर्फ आफु के उठ्ने भन्दा पनि पार्टी नीति बिधी र संचालन गर्न सबैले एक ढिक्का हुन अभिप्ररित गर्नुभयो ।

कांग्रेस नेता तथा त्रिबेणी नगरपालिकाका प्रमुख रामसिंह रावलले केही दिन अगाडी आफूमाथि लागेको २ करोड रुपियाँ झ्वाम भन्ने समाचारप्रति खेद प्रकट गर्नुभयो । ‘त्यो समाचार कपोकल्पीत र भ्रमात्मक छ’ –उहाँले भन्नुभयो । समाचारकै भरमा अख्तियारमा उजुरी दिएको र प्रमुख जिल्ला अधिकारीले कागतपत्रसहित झिकाएकोमा सिडिओप्रति आक्रोस पोख्नुभयो ।

शिक्षक महांसँघका केन्द्रीय सदस्य कर्णबहादुर थापाले वीपीको शिक्षा नीतिलाई अवलम्वन गर्नुहुंदै ईतिहांसमै पहिलोपटक ६ महिना विद्यालय वन्द हुंदा बालाबालिकामा नराम्रो असर परेकोले विद्यालयको ताला खोलेर बालबालिकालाई पढ्न पाउने राम्रो वतावरण मिलाउन आग्रह गर्नुभयो ।

यसैबीच बुढीगंगा नगरपालिका वडा नं १ का वडाअध्यक्ष राजेशकुुमार सिंहको निधनप्रति नेपाली कांग्रेस बाजुराले सभाहलमै एक मिनेट मौन धारण गरी शोक मनाएको छ। बुधवार विहान नुहाएर पूजा कोठामा जानुअघि एक्कासी विरामी परेको र विरामी भएको केही समयमै सिंहको मृत्युभएको पारिवारिक स्रोतले जनाएको छ । मृतक वडाअध्यक्ष सिंश नेपाली कांग्रसको तर्फबाट २०७४ मा स्थानीय निर्वानबाट निवार्चित हुनुुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्