भाडा छुट घोषणा गर्दै व्यबसायीका नेताहरु



न्युज अफ नेपाल,हेटौंडा ।

कोरोना कहरबाट व्यबसायीलाई केही भए पनि राहत दिने उद्धेश्यले मकवानपुरका उद्योगी/व्यबसायीका नेतृत्व तहमा हुनेहरुले आआफ्नो घर, कवल तथा सटरहरुको भाडा छुट दिने अनुकरणीय घोषणा जारी राखेका छन् ।उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारहरुले व्यक्तिगत घरको भाडा छुट दिने घोषणा गरेका हुन् ।

संघ अध्यक्ष कृष्ण कटुवालले आफ्नो घरभाडामा बस्ने तथा व्याबसायिक सटरमा मेडिकलबबाहेकलाई एक महिनाको भाडा छुट गर्ने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष माधब न्यौपानेले आफ्नो घरमा बस्दै आएका सबैलाई एक महिनाको भाडा छुट गर्ने बताउनुभयो ।

संघ उपाध्यक्ष कृष्णकुमार गुप्ताले २० वटा पसलको भाडा एक महिनाका लागि छुट गर्ने बताउँदा उपाध्यक्ष गणेश भेटवालले आफ्नो घरको ६ वटा कोठाको एक महिनाबराबरको भाडा छुट गर्ने बताउनुभएको छ ।

अर्का उपाध्यक्ष रामप्रसाद न्यौपानेले पारिजातपथस्थित घरको एक फ्ल्याटमा रहेको सहकारीलाई १ महिनाको भाडा छुट दिइएको बताउनुभयो ।संघ महासचिव प्रमोदसिंह रानाभाटले २४ कोठाको दुई महिनाको भाडा छुट दिने निर्णय गरेको बताउनुभयो । कोषाध्यक्ष अनिल अग्रवालले कान्तिराजपथस्थित घरमा २० वटा सटरको एक महिनाको भाडा छुट दिने बतउनुभयोए ।

संघ सचिव सन्तोषकुमार अर्यालले आफ्नो घरमा बहालमा बस्नेलाई ४५ दिन बराबर भाडा छुट दिने बताउँदा कार्यसमिति सदस्य (कासस) दीपक उप्रेतीले हेटौंडा–११, नवलपुरमा रहेको घर सहकारीलाई भाडामा लगाउँदै आएकोमा एक महिनाको भाडा छुट गरिएको बताउनुभएको छ ।

कासस माधब ज्ञवालीले एक महिनाको घरभाडा, रवि कँडेल शर्माले ३ वटा घरको कोठा तथा सटरलाई ४५ दिन बराबर, कृष्णहरि बर्तौलाले मनहरीमा भाडामा लगाइएको पसलमा १ महिनाको छुट दिइएको बताउनुभएको छ ।

कासस राजाराम कार्कीले आफ्नो घरको २ वटा फ्ल्याटमा १ महिना तथा २ वटा सटरमा २ महिनाको, कृष्णप्रसाद ढुंगानाले ४० दिनको भाडा छुट दिइएको बताउनुभयो ।
कासस नरेन्द्र भण्डारीले आफ्नो घरमा ३ महिनाकै, श्रीकृष्ण कर्माचार्यले एउटा सटरको र भाडामा बस्ने अन्यलाई ४५ दिन भाडा छुट गर्ने बताउनुभएको छ ।

संघका अध्यक्ष सल्लाहकार नरोत्तम दाहालले घरभाडामा ४५ दिन छुट गर्ने बताउनुभयो । पूर्वअध्यक्ष तथा सल्लाहकार अरुणराज सुमार्गीले भाडामा लगाइएको सुमार्गी कम्प्लेक्समा सरकारी कार्यालयबाहेकलाई दुई महिनाको भाडा छुट गरिएको बताउनुभयो ।

संघ कासस तथा पश्चिम क्षेत्र समितिका सभापति नारायण सुबेदीले मनहरीमा ६ वटा सटरमध्ये ३ वटामा बैंक र मेडिकल रहेकाले छुट नदिएको तर बाँकी ३ वटामा तीन महिनाकै छुट दिइएको बताउँदा संघ पश्चिम क्षेत्र समिति कोषाध्यक्ष जलालद्धिन मियाले मनहरीमै रिचवन प्लाजामा रहेका ८ वटा सटरको भाडा छुट गर्ने बताउनुभयो ।

मनहरीमा अन्य घरधनीले पनि घरभाडा छुट गरिरहेको सभापति सुबेदीले जानकारी गराउनुभएको छ । मउवा संघले असार १८ गते बसेको कार्यसमितिको नियमित बैठकबाट संघअन्तर्गत् सटर/कवलको लिइँदै आएको भाडामा एक महिनाको छुट गर्ने निर्णयपश्चात् संघका सदस्यले पनि व्यक्तिगत घरको भाडा छुट दिने घोषणा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्