शिवम् सिमेन्ट मोबाइल एपबाट पनि खरिद गर्न सकिने



काठमाडौं, (नेस)

शिवम् सिमेन्ट्स लिमिटेडले सिमेन्ट खरिद गर्नका लागि सिमेन्ट जगतमै पहिलोपटक ‘शिवम् मोबाइल एप’ सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार ग्राहकले गुगल प्ले स्टोर तथा आईओएस स्टोरबाट शिवम् मोबाइल एप डाउनलोड गरी सहज प्रक्रियाका साथ सिमेन्ट खरिद गर्न सक्नेछन् । सिमेन्ट खरिदको भुक्तानीको लागि खल्ती, ई–सेवा, कनेक्ट आईपीएस वा क्यास अन डेलीभरीको सुविधा उपलव्ध गराएको छ ।

कोरोना भाइरसले निम्त्याएको विषम् परिस्थितिमा सबैको स्वास्थ्य सुरक्षाको निम्ति आवश्यक सामाजिक दँरी कायम रहोस् र हरेक किसिमका निर्माणले पनि निरन्तरता पाओस् भन्ने उद्देश्यका साथ शिवम् सिमेन्टले यो एप सञ्चालनमा ल्याएको जनाएको छ । आधुनिक प्रविधिको माध्यमबाट ग्राहकले आफ्नो मोबाइलमा शिवम् मोबाइल एप डाउनलोड गरी सुनिश्चित भएर सहज, सरल तथा सुरक्षित तरिकाले घरमै बसेर शिवम् सिमेन्ट अर्डर गर्न सक्ने व्यवस्था मिलाएको हो ।

यस एपको माध्यमबाट ग्राहकहरुले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ उचित मूल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिनेछ । झन्झटरहित सरल अर्डर प्रक्रिया भएको र भुक्तानीका लागि विभिन्न सहज सुविधा भएको हुनाले ग्राहकको लागि शिवम् सिमेन्ट खरिद गर्न यो एप अत्यन्तै प्रभावकारी रहने विश्वास कम्पनीले लिएको छ । यस एपभित्र नै सिमेन्टको निश्चित मँल्य निर्धारण भएको हुनाले ग्राहक मूल्यमा सुनिश्चित रहन सक्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्