खरको छाना विस्थापित गरिँदै



ताप्लेजुङ, (नेस)

तापलेजुङको विपन्न १८ सय १४ घरका खरको छानो विस्थापित गरी जस्ताको छानो लागाइने भएको छ ।
सुरक्षित नागरिक आवास कार्याक्रमअन्तर्गत ताप्लेजुङको अतिविपन्न घर–परिवारका लागि खरको छानो विस्थापित गरेर जस्ताको छानो लागाइने पर्यटनमन्त्रीको स्वकीय सचिव डम्बर ओख्राबुले जानकारी दिनुभयो । २०७६/७७ आर्थिक वर्षमा पाथीभरा याङवरक गाउँपालिकामा ३० घर र मैवाखोला गाउँपालिका ३० घर छनोट भएको निजी सचिवालयका प्रतिनिधि ओख्राबुले बताउनुभयो ।

आर्थिक वर्ष २०७७/८८ लागि सुरक्षित नागरिक आवासअन्तर्गत फुङलिङ नागपालिका १ सय ९० घर, फक्ताङलुङ गाउँपालिकामा २ सय ४५ घर, मिक्वाखोला गाउँपालिका १ सय ४७ घर, मेरिदेन गाउँपालिका १ सय ८८ घर, आठराई त्रिवेणी गाउँपालिका २ सय १३ घर, सिदिङवा गाउँपालिका १ सय ६७ घर, सिरिजंघा गाउँपालिका २ सय ९० घर, पाथीभरा याङवरक गाउँपालिका २सय घर र मैवाखोला गाउँपालिका १ सय ७४ घर गरी जम्मा १८ सय १४ घरका खरको छानो विस्थाापित गरी जस्ताको छानो लागाइने सचिवालय प्रतिनिधि ओख्राबुले जानकारी दिनुभयो ।
पर्यटनमन्त्री भट्टराई ताप्लेजुङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्