सर्पले डस्दा किशोरीको मृत्यु



बैतडी, (नेस)

सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका २ महाकालीकी १७ वर्षीया भागरथी चन्द रहेकी गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो ।

भागरथीलाई घरको आँगनमा रहेका बेला मंगलबार बेलुका सर्पले डसेको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष चन्दले बताउनुभयो ।

मृतक किशोरी देवथला माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्