नेपाल उद्योग वाणिज्य महासंघमा चुनावको सारगर्मी : ढकाल समूहद्वारा उम्मेदवारी घोषणा



न्युज अफ नेपाल, काठमाडौं ।

एक महिनापछि हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका निम्ति चन्द्रप्रसाद ढकाल समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । मंगलबार राजधानीमा ‘समृद्विको आधार राज्य–निजी क्षेत्र साझेदार’ भन्ने नाराका उम्मेदवारी घोषणा गरेका हुन् ।

ढकाल समूहबाट नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, जिल्ला÷नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी घोषणा गरेका हुन्।

महासंघको निर्वाचन आगामी साउन २६ र २७ गते हुँदैछ । उक्त निर्वाचनमा अहिलेसम्म दुईवटा समूह देखा परेका छन् । ढकालबाहेक किशोर प्रधानको समूह पनि निर्वाचनमा उत्रिएको छ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष्य बन्ने प्रावधान छ । कोरोनाको कहरका कारण महासंघको ५४औं साधारण सभा करिब चार महिना टाढा धकेलिएको छ ।

कोरोनाको कहर अझै बाँकीरहे पनि उद्योग व्यवसायीका बीचमा भने चुनावी सारगर्मी बढेको छ । निजी क्षेत्रको छाता संगठनका रूपमा रहेको महासंघको अर्को समूहमा किशोर प्रधान वरिष्ठ उपाध्यक्षमा, एसोसिएट्स उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला र नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन् । यद्यपि यो प्यानलको औपचारिक घोषणा भने अझै भएको छैन ।

अहिलेको कार्यसमितिमा ढकाल उपाध्यक्ष एवम् रोजगार परिषद् हुनुहुन्छ । त्यस्तै वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले फेरि सोही पदमा आफ्नो उम्मेदवारी दिँदै हुनुहुन्छ। हाल महासंघको प्रदेश ५ कमिटीको अध्यक्ष रहनुभएका गुणनिधि तिवारीले ढकाल समूहबाट ढकाल समूहबाट जिल्ला÷नगर उपाध्यक्षमा उम्मेदवारी दिन लाग्नुभएको हो ।

मंगलबार आफ्नो समूहको उम्मेदवारी घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष्यमा उम्मेदवार चन्द्रप्रसाद ढकालले आफ्नो समूह विजयी दाबी गर्दै आफूहरू शेखर गोल्छाकै टिमको सदस्य बन्ने दाबी गर्नुभयो । उहँ“ले आफ्नो समूहले सरकारसँगको नीतिगत छलफल र सरोकारवालासँग साझेदार हुने उल्लेख गर्दै आफ्नो समूह एक–एक जोडेर दुई होइन एघार हुने बताउनुभयो ।

नेतृत्व भनेको संकटको सारथी हो, दुःखको बेला सम्झिने आडभरोसाको केन्द्र हो। त्यसैले प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ आप्mनो टिम लाग्नेसमेत ढकालले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्