ब्यारेकसहित प्रहरी कार्यालय उद्घाटन



घनश्याम बगाले, नवलपरासी

पूर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालय परिसरमा बनेको २ वटा भवनको उद्घाटन भएको छ ।
जिल्ला सदरमुकामस्थित कावासोती–८ मा निर्मित जिप्रका भवन र ब्यारेक भवनको प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले उद्घाटन गर्नुभएको हो ।

डीएफआईडीको सहयोगमा सञ्चालित एमआईपी प्रोजेक्टअन्तर्गत यूएनओपीएसद्वारा निर्मित प्रहरी कार्यालय भवनमा १३ कोठासहित २ तला रहेको छ । त्यसै गरी प्रहरी प्रधान कार्यालयको नियमित बजेटबाट निर्मित ३ तले ब्यारेक भवनमा ३ ठूला हलसहितका ९ कोठा रहेका छन् ।

भवन उद्घाटनका अवसरमा महानिरीक्षक ज्ञवालीले भवन निर्माणमा उल्लेखनीय भूमिका निभाउने व्यक्ति तथा प्रहरी सेवामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र वितरण गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा कावासोती नगर प्रमुख चन्द्रा पुन, प्रजिअ पिताम्बर घिमिरे, गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्याललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्