सल्यानको एक क्वारेनटाइनबाट ६९ जना भागे



सरिता चलाउने, सल्यान ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको एक क्वारेनटाइनमा बसेका ६९ जना भागेका छन् । नगरपालिकाको वडा न २ स्थित आधारभुत विद्यालय लाहाघाटको क्वारेनटाइनमा बसेका ६९ जना बिहिबार दिउसो भागेको बनगाड कुपिण्डे नगरपालिकाले जनाएको छ ।

स्वाब संकलन गरेको एक हप्ता पनि रिर्पोट नआएको तथा लामो समयदेखि क्वारेनटाइनमा बस्नु परेको भन्दै उनीहरुले सुरक्षाकर्मीलाई ढुंगामुडा गरी भागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बासु पोखरेलले बताउनु भयो ।

गत जेठ १९ गते भारतको गुजरात र गडवालबाट आएका उनीहरुको १४ दिनपछि आरडिटी परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको थियो । पुनः असार १२ गते पीसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको रिर्पोट आउन ढिला भएको भन्दै उनीहरु भागेको पोख्रेलले बताउनु भयो ।

कर्णाली प्रदेशको पीसिआर मेसिन बिग्रिएको र स्वाब नेपालगञ्ज पठाइएको अबको एक दुई दिनभित्रमा रिर्पोट आउछ भन्दा भन्दै भागेको उहाँको भनाई छ ।

क्वारेनटाइनमा बसेका सबै भागेसँगै गाउँमा भने त्रास छाएको छ ।

प्रतिक्रिया दिनुहोस्