शिशुको शव फेला



डोटी, (नेस)

डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नजिक रहेको सेती नदीको किनारमा घाटीमा डोरीले बाँधिएको अवस्थामा एक शिशुको शव भेटिएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायव निरीक्षक रमेश शाहीले साल–नाल सँगै भएको अवस्थामा शिशुको शव भेटिएको र शव कस्ले र किन फालेको हो सो विषयमा अनुसन्धान भइरहेको बताउनुभयो ।

उक्त शिशु जन्मेको कम्तीमा पनि २२ देखि २५ घण्टा भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्