बिडीसहित ३ जना पक्राउ


बैतडी, (नेस)
हतियारसहित भारतबाट अवैधरूपमा ल्याइएको भारतीय बिडीसहित ३ जनालाई बैतडी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–८ त्रिपुराका २२ बर्षीय आकाश चन्द, १९ वर्षीय दीपक भट्ट र २१ वर्षीय प्रकाश मार्कण्ड रहेका छन् ।

उनीहरूलाई दशरथचन्द नगरपालिका–८ नल्तडीस्थित महाकालीकिनारबाट शनिबार राति २ बजे पक्राउ गरिएको हो ।

भन्सार छली गरेर महाकाली नदीमा ट्युबमार्फत अवैधरूपमा बिडी भित्रिरहेको गोप्य सूचनाको आधारमा प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी नेतृत्वको प्रहरी टोलीले बिडीसहित ३ जनालाई पक्राउ गरेको हो ।

बरामद गरिएको ३ पेटी भारतीय घोडा बिडी १ लाख ५० हजार मूल्य बराबरको रहेको प्रहरी नायव उपरीक्षक अधिकारीले भनाइ रहेको छ ।

उनीहरूका साथबाट ३ पेटी बिडीसँगै १ वटा ट्युब, २ थान खुकुरी पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा सीमामा एम्बुस गस्तीका क्रममा उक्त अवैध सामान र मानिसलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।