घरभाडा छुट दिँदै घरबेटी



अनिल खत्री, गुल्मी ।

गुल्मीका एक घरबेटीले १ महिना बराबरको भाडा छुट दिएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१ दिनढुङ्गा निवासी महाशर्मा भण्डारीले १ महिनाको घरभाडा छुट दिएका हुन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सतर्कता अपनाउन चलेको लकडाउनमा कुनै पनि व्यापार व्यवसाय नभएकाले १ महिनाको भाडा छुट दिएको घरबेटी भण्डारीले बताए । शर्माको १० जनालाई १ महिनाको भाडा छुट दिएका हुन् ।

जिल्लामा भाडा छुट दिनेमध्येका शर्मा दोस्रो व्यक्ति हुन् । यसअघि तम्घास क्याम्पस रोड निवासी भाडामा बस्दै आएकाहरूलाई १ महिनाको घरभाडा छुट दिएका थिए ।

उनले ११ जनालाई १ महिनाको रु. १ लाख ५ सय भाडा छुट दिएका हुन् । लामो समयसम्म व्यापार–व्यवसाय नहुँदा भाडामा व्यवसाय गर्नेहरुले भाडा तिर्नको निम्ति समस्या पर्दै गएको बताएका थिए ।

एक महिनाको भए पनि भाडा छुट दिएकाले केही हदसम्म राहत महसुस भएको भाडामा बस्नेहरूको भनाइ छ । सरकारले घर भाडामा दिएकालाई छुट दिन आग्रह गरे पनि त्यसको कार्यान्वयन प्रायः नभएको देखिन्छ ।
तर, गुल्मीमा भने केही घरबेटीले १ महिना बराबरको भाडा छुट दिन शुरू गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्