घरघरमा बिद्यालय


न्युज अफ नेपाल, अर्घाखाँची ।

अर्घाखाँचीको एक सरकारी विद्यालयले सामाजिक दूरी कायम गरि नियमित सिकाइ सहजीकरण सुरु गरेको छ।

सन्धिखर्क नगरपालिकाको पकलेमा रहेको जनता कृष्ण माविले सामाजिक दूरी कायम गरी मास्क र स्यानिटाइजरको प्रयोग गरेर सिकाइ सहजीकरण सञ्चालन गरेको हो ।

खाली चौरमा समाजिक दूरी कायम गरि कक्षा एक देखि नौसम्म दैनिक दुई/तीन घन्टा कक्षा संचालन गरिएको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै घरघरमा गएर विद्यार्थी जम्मा गरेर पनि सिकाइ सहजीकरण गर्न लागिएकाे पाैडेलले जानकारी दिनुभयाे ।

देशमा लकडाउन खुकुलो भए पनि सरकारले विद्यालय खोल्ने अनुमती दिएको छैन । पठनपाठन सुचारू गर्न  विद्यालयहरू अब विकल्प खाेज्न लागेका छन ।

चरणवद्ध रुपमा लकडाउन खोले सँगै नियमित पठनपाठन सुचारू गर्ने वा अन्य विकल्पमा जाने भन्ने अलमल अझैसम्म विद्यमान नै छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।