नवलपरासी पूर्वमा २१ कोरोना संक्रमित थपिए



न्युज अफ नेपाल, नवलपरासी ।
पूर्वी नवलपरासीमा थप २१ जनामा कोरोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार सदरमुकाम कावासोतीमा १४ र गैडाकोट नगरपालिकामा ७ जनामा कोरोना पुष्टि भएको हो ।

कावासोतीमा २५ र ३७ वर्षीय २ महिला र १८ देखि ५८ वर्ष सम्मका पुरुषहरु रहेकाछन् । यसै गरी गैडाकोटमा देखिएका कोरोना संक्रमितहरुमा २३ देखि ५३ वर्षका पुरुषहरु रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

शुक्रबार विहान ६ः२० सम्मको प्राप्त विवरण अनुसार नवलपरासी पूर्वमा कोरोना संक्रमितको संख्या २ सय १० पुगेको छ भने गण्डकी प्रदेशमा यो संख्या ७ सय ९२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्