काभ्रेमा गोली चल्योः पाँच जना घाइते



न्युज अफ नेपाल, काभ्रे ।

बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चल्दा पाँच जना घाइते भएका छन । काभ्रेको रोशी गाँउपालिकामा बुद्धचित्तको माला लुटपाट गर्न आएको समुहले गोली चलाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लाको रोशी गाउँपालिका सिपालीमा सोमरानी तामाङ र विरबहादुर लामाको बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चलेको प्रहरीले जनाएको छ ।

उक्त समुहले बम राखेर बाटो रोकेको कारणले प्रहरी त्यहाँ जान नसकेको जनाइएको छ । बिहीवार राती भएको उक्त घटनामा संलग्नहरुको पहिचान भइसकेको प्रहरीले जनाएको छ । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्