सिडियोको किर्ते सहि छाप गरि नक्कली पास बनाएपछि…



सुभेन्द्र दास, लहान ।

सिरहा सिडियोको सहि छाप गरि नक्कली पास बनाउने दुई युवालाई प्रहरी पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका वडा नम्बर – १ स्थितमा रहेको मेरो साईबर एणड ट्राभलसका संचालक बिजेन्द्र महतो र ऐ.ऐ.बस्ने बर्ष २२ को प्रमेशवर महतो पक्राउ परेका हुन ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक शरत कुमार थापा क्षेत्रीको कमाण्डमा खटिएको प्रहरी टोलिले ‘मेरो साईबर एण्ड ट्राभल्स’मा खान तलासी गर्दा महतोले विभिन्न कार्यालयहरुको छाप, लेटर प्याट लगायत किर्ते बनाइ बिक्री वितरण गरेको पाइएको हाे ।

उक्त पसलबाट प्रहरीले Dell को ल्यापटप थान -१ , बद्रशको प्रिनटर थान १ ,बद्रशको कलर प्रिनटर थान -१ र HP को पेनड्रईभ थान -१ समेत आवश्यक कानुन बमोजिम बरामद गरेकाे छ ।

निज संचालकलाई आबश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय लहान (क) सिरहामा ल्याइएको ईलाका प्रहरी कार्यालय लहानको प्रहरी प्रहरी नायब उपरीक्षक ( डिएसपी ) क्षेत्रीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्