पञ्चकन्या ग्रुपको नयाँ उत्पादन : ५५० एक्सडी र ५०० एक्सडी फलामे छड सार्वजनिक



न्युज अफ नेपाल,काठमाडौं ।

पञ्चकन्या स्टिलले आफ्नो अर्को उत्पादन सार्वजनिक गरेको छ । उत्कृष्ट लचकता भएको ५५० एक्स.डी र ५०० एक्स.डी नामक दुई वटा नयाँ फलामे छडहरु सार्वजनिक गरेको हो । पञ्चकन्या प्राईम स्टिलमा शुद्ध रासायनिक तत्व सल्फर, फोस्फरस तथा न्यून कार्बनको प्रयोग भएको कम्पनीले जनाएको छ । उक्त स्टिल बारहरु धेरै तन्काउन सकिने र ठुलो भुकम्पमा पनि क्षति नपुग्ने गरी लामो आयु भएको दाबी गरिएको छ ।

नयाँ रिब्ड डिजाइन भएको ५०० एक्स्.डी. र ५५० एक्स्.डी. प्रति युनिटको लम्बाईमा त्यसको पारदर्शीता स्पष्ट देखिने भएकाले यसलाई अझ बढी सुदृढ र बलियो बनाएको छ । यसले कन्क्रिटमा पनि सजिलै पकड गर्ने क्षमता राख्दछ ।

पञ्चकन्या ५०० एक्स्.डी. जुनसुकै विकासका पूर्वाधारका कामहरु र ५५० एक्स्.डी. का छडहरु ठुलाठुला आयोजना तथा अग्लाअग्ला निर्माणका लागि हुने दृढता साथ पैसाको पनि बचत हुने ग्रुपले विज्ञप्ति मार्फत् जनाएको छ ।

उच्च लचकता भएका रिबारहरु ८ मी.मी. र ४० मी.मी. साईजमा उपलब्ध गराउन सकिने बताईएको छ । “एक्स्.डी. ग्रेडका उच्च गुणस्तर भएका बारहरुमा कम्पनीले कुनै पनि मूल्य बृद्धि गरेको छैन र ५०० डी ग्रेड पुरानै मुल्य अनुसार नै उपलब्ध गराइने जानकारी गराउदछौं “विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्