पाल्पा पहिरो अपडेटः पुरिएका ३ को सनाखत, अरु परेको आशंकामा खोजि जारी



कविराज नेपाल, पाल्पा ।

चारवटा सवारी साधनलाई पुर्ने गररुी सोमबार पाल्पाको सदरमुकाम तानसेन नगरपालिका वडा नंं ११ सम्मोबारीमा भएको दुर्घटनाको पहिरोमा पुरिएर मृत्यु भएका ३ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हनेहरुमा पाल्पा रिव्दीकोट गाउँपालिका वडा नंं २ देउरालीका ३२ बर्षिय भुवन खाम्चा, काभे्र पाँचखाल नगरपालिका वडा नंं ८ हुम्के बजारका निवेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका वडा नंं २९ बाङ्गेसालका २३ बर्षिय विर बहादुर गुरुङ रहेका छन ।

सोमवार बेलुका ४ः३० बजेको समयमा झरेको पहिरोमा परी घटनास्थमै २ जना, तानसेन स्थित मिशन अस्पतालमा उपचारको क्रममा एक जनाको मृत्यु भएको थियो ।

पहिरोमा ४ वटा सवारी साधन पुरिएका अवस्थामा भेटिएका छन । पुरिएका सवारी साधनहरुमा लु १ क १९२८ टयाक्टर, लु २ ख १३७६ नम्वरको ट्रक, लु १ च ७०४३ नम्वरको बलेरो र लु १ च ७०११ नम्वरको कार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन गिरीले बताउनु भयो ।

थप सवारी साधन र मानविय क्षति भएको हुन सक्ने भन्दै अहिले विहानै देखी प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना पहिरो गएको स्थानमा परिचालन भएको सूचना अधिकारी गिरीले बताउनु भयो । सोमवार खोजविन गर्दा गर्दै अध्यारो भएको र लगातार भई पानी परेपछि खोजविन कार्य रोकिएको थियो ।

तानसेन बाट रिडि तम्घास तर्फ जादै गरेका सवारी साधनहरु तानपा ११ सम्मोवारीमा झरेको पहिरोको कारण रोकिएको अवस्था रहेका थिए । तिनै रोकिएका सवारीसाधनमा पुन पहिरो झरी बगाएको हो ।

रोकिराखेको अर्काे वस पनि वग्योः
यसैवीच तानसेन नगरपालिका वडा नं १२ लुहुङ्कमा रोकिराखेको अर्काे वस लगातारको पानीले सोमवार राती वगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पार्किङ्क गरी राखेको लु १ ख ९९७१ नम्वरको सो वस पहिरोले १० मीटर जति तल वगाएको तर पार्किङ्क गरी राखेको हुनाले कु्नै मानवीय क्षति भने नभएको ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रम्ुख पृथ्वीनारायण काफ्लेले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्