पर्वत अस्पतालका स्वास्थ्यकर्मीको कोरोना रिर्पोट ६० जनाको नेगेटिभ, १९ जनाको आउनै बाँकी



 न्युज अफ नेपाल, पर्वत  ।

पर्वत जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि भएको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा ६२ जनाको परिक्षण रिर्पोट सार्वजनिक भएको छ ।

गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणका क्रममा ६० जनाको रिर्पोट नेगेटिभ आएको छ । पर्वत अस्पतालले दिएको जानकारी अनुसार स्वास्थ्यकर्मी र उनीहरुको सम्पर्कमा आएकाहरुहरुको नमुना परिक्षणका क्रममा २ जनाको मात्र पोजेटिभ आएको छ।

पोजेटिभ रिर्पोट आउनेमा अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीको परिवारका सदस्य हुन भने अर्को ब्यक्ति स्वास्थ्यकर्मी संग सम्पर्कमा रहेका सदरमुकामका निजी मेडिकलमा समेत काम गर्ने चिकित्सक हुन ।

अन्य ६० जना स्वास्थ्यकर्मी र आफन्तहरुको रिर्पोट नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ । कन्ट्रयाक्ट ट्रेसिङका क्रममा पहिलो चरणमा ८१ जना सम्पर्कमा रहेका ब्यक्तिहरुको स्वाब परिक्षण गरिएको थियो । बाँकी १९ जनाको रिर्पोट आउन बाँकी रहेको छ । पहिलो पल्ट ५ जना स्वास्थ्य कर्मीमा संक्रमण पुष्टि भएको थियो । ५ जना मध्ये २ जना चिकित्सक, १ जना ल्याव असिस्टेण्ड, १ जना नर्स र १ जना कार्यालय सहयोगी थिए ।

उनीहरु मध्ये २ जना चिकित्सवकको रिर्पोट पुनः नेगेटिभ आइसकेको छ । कोरोना अस्थायी अस्पतालमा काम गरेर फर्केका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा सेवा बन्द गरेर कन्ट्रयाक्ट ट्रेसिङका थालिएको छ ।

स्वास्थ्यकर्मीमा कसरी संक्रमण हुन पुग्यो भनेर स्रोतको पहिचान अझै सम्म हुन नसकेको डा. देवकोटाले बताउनुभयो । संक्रमितको स्रोतको पहिचान नभए सम्म सेवा सुचारु गर्न कठिन भएको उहाँको भनाई छ । अस्पतालको सेवा क्रमश सुचारु हुँदै जाने भएका छन ।

प्रादेशिक प्रयोगशालामा पठाइएको स्वाब परिक्षणको रिर्पोट नआउँदा कतिपय स्वास्थ्यकर्मी अस्पतालमा नै थुनिएका छन । उनीहरु इन्डोरमा प्लाष्टिक ओछ्याएर रात काटेका छन भने कतिपय स्वास्थ्यकर्मी माउन्टेन भ्यु होटलको क्वारेन्टाइनमा रहेका छन । जनस्वास्थ्य निर्देशनालय पोखराले आज साँझ सम्म सबैको रिर्पोट आउने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्