पर्वत अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा



दुर्गाप्रसाद शर्मा, पर्वत ।

भारत तथा तेस्रो देशबाट फर्केका नागरिकलाई कोरोना परिक्षणको नतिजा नआउँदा सम्म कडा सुरक्षा निगरानीमा क्वारेन्टाईनमा राखिएको छ । तर कोरोना संक्रमणका बारेमा सर्वसाधरणलाई समेत सचेत बनाउनुपर्ने र उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी नै कोरोना परिक्षणको नतिजा नआउँदै बिरामीको उपचार र सडक आन्दोलनमा निस्किएका छन ।

पर्वत अस्पतालका स्वास्थ्यकर्मीले कोरोना परिक्षणको नतिजा नआउँदै बिरामीको उपचार गरेको पाइएको छ भने जिल्ला प्रशासनमा पुगेर नाराबाजी समेत गरेका छन ।

कोरोना संक्रमितको उपचारमा संलग्न दुई चिकित्सक सहित ५ जना स्वास्थ्यकर्मीहरुमा संक्रमण पुष्टि भएपछि पर्वत अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवा बन्द गरिएको छ । सहकर्मीमा कोरोना संक्रमण देखिएपछि अन्य स्वास्थ्यकर्मीमा पनि संक्रमण भएकाआशंकामा स्वाब परिक्षणका लागि पठाउने र अस्पतालका सबै सेवाबन्द राखेर क्वारेन्टाईनमा राखिएको छ ।

उनै स्वास्थ्यकर्मी भने परिक्षणको नतिजा नआउँदै सडक आन्दोलनमा उत्रिएका छन । त्यो भन्दापनि गम्भीर कमजोरी संक्रमण पुष्टि भएका चिकित्सकले परिक्षणको नतिजा नआउँदै बिरामीजाँच गरेको पनिपाइएको छ ।

स्वास्थ्यकर्मीहरुले आन्दोलन गर्नु र बिरामीजाँचगर्नुलाई बाध्यता र आबश्यकता भएको बताएका छन । तर सर्वसाधरणले भने यसलाई स्वास्थ्यकर्मीले गरेको गम्भीर लापाबार्हीको रुपमालिनथालेका छन ।

संक्रमितलाई स्तरीय आइसोलेसन र संक्रमण हुन सक्ने आशंकामा स्वाब परिक्षणका लािग पठाइएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन ब्यबस्थापनको माग गर्दै शनिबार अस्पालतका स्वास्थ्यकर्मीले जिल्ला प्रशासन कार्यालयमा पुगेर नाराबाजी गरेका छन । पर्वत अस्पतालका बिशेषज्ञ डाक्टर बिष्णु भण्डारी सहितको टोली प्रशासनमा पुगेको थियो । स्वास्थ्यकर्मीले भने आन्दोलन नभै गुनासा राख्न पुगेको बताएका छन ।

पर्वतका पाँच स्वास्थ्यकर्मीमा शुक्रबार बिहान संक्रमण भएको औपचारिक जानकारी बाहिर आएको थियो तर संक्रमण पुष्टि भएका २ जना चिकित्सकले असार २, ३ र ४ गते ओपिडीमा बिरामीजाँच गरेका थिए । एक जनाल्याब टेक्निसियन बिहादी गाउँपालिका पुगेका थिए । उनीअझै सम्म सदरमुकाम आउन सकेका छैनन । शनिबार दिनभर पहिरोमा रोकिएपछि स्याङजा, पोखरा हुँदै कुस्मा ल्याइदैछ ।

संक्रमण पुष्टि भएपछि उनीहरुलाई राख्नका लागि ब्लु एञ्जल रिर्सोटमा आइसोलेसन बनाउने निर्णय भएको थियो भने ब्लु एञ्जलमा रहेका भारतबाट फर्केका नागरिकलाई बन्दना होटलमा सारिएको थियो । शुक्रबार राती आइसोलेसनमा पुगेका स्वास्थ्यकर्मीले आफुँहरुका लागि अनुकुलन भएको भन्दै बिना जानकारी राती नै आवासमा फर्केर बसेका थिए ।

अन्य संक्रमितलाई राख्नभने गुप्तेश्वर क्याम्पसमा आइसोलेसन बनाइएको छ । गम्भीर देखिएका बिरामीलाई २० बेडको अस्पतालमा राख्ने र कुनै लक्षण नदेखिएका संक्रमितलाई क्याम्पसमै बनाइएको प्रि आइसोलेसनमा राखेर उपचार गर्ने ब्यबस्थामिलाइएको छ । अहिले पनि २९ जना संक्रमित गुप्तेश्वर बहुमुखी क्याम्पसमा बनाइएको आइसोलेसनमा नै रहेका छन ।

कोरोना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई क्वारेन्टाईनमा राख्नका लागि माउन्टेन भ्यु होटल प्रयोगमा छ । अहिले पनि अस्पतालका केही स्वास्थ्यकर्मी सेवा बन्द भएपनि क्वारेन्टाईनको रुपमा त्यही होटलमा छन भने केही स्वास्थ्यकर्मी अस्पतालकै इन्डोरमा बसिरहेका छन ।

सिसिएमसीका संयोजक समेत रहेका प्रमुख जिल्लाअधिकारी शम्भुप्रसाद रेग्मी भने जिल्लामा उपलब्धभएका सम्म होटल र सेवादिने प्रयास गरेको बताउनुहुन्छ । रिर्सोटमा अन्य सेवा र सुबिधाथपेर पनि त्यही राख्ने योजना रहेको उहाँले प्रष्ट पार्नुभयो । रिर्पोट आउन बाँकी रहेको र अन्य स्वास्थ्यकर्मीलाई समेत उचित ब्यबस्थापन हुने उहाँको भनाई छ।

प्रतिक्रिया दिनुहोस्