प्रतिष्ठानद्वारा अस्पताललाई सहयोग



काठमाडौं, (नेस)

कोरोना रोकथाम र नियन्त्रणका लागि हिमालय कुमार सिंह स्मृति प्रतिष्ठानले रुकुम अस्पताललाई विभिन्न स्वास्थ्य सागम्रीहरू सहयोगस्वरूप उपलब्ध गराएको छ ।

प्रतिष्ठानले ७० थान पीपीई सेट, पन्जा सेट ४ सय थान, स्प्रे जेट मेसिन ३ थान क्लोरिड स्यानिटाइजर १५ लिटर उपलब्ध गराइएको संस्थाले जनाएको छ ।

रुकुमबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दे सांसद मायाप्रसाद आचार्यमार्फत नेपाल सीटीईभीटीका अध्यक्ष सुबोध ओलीलाई सामग्री हस्तान्तरण गरिएको थियो ।

प्रतिष्ठानले यसअघि उदयपुर, बारा, सिन्धुली, पर्सा, दाङ, रोल्पा, मुगु, पोखरा, बाग्लुङ, स्याङ्जालगायतका जिल्ला अस्पतालमा पनि सहयोग सामग्री उपलब्ध गराइएको संस्थाका अध्यक्ष अनुपकुमार सिंहले जानककारी दिनुभयो ।

प्रतिष्ठानले काठमाडौंका नेपाल मेडिकल कलेज, ह्याम्स अस्पताल, नेपाल प्रहरी अस्पताल, चापागाउँ सामुदायिक अस्पताल, आन्तरिक राजस्व विभाग र बालाजु प्रहरी प्रभागलाई पनि पीपीई सेट, मास्क, ग्लोब्स, सेनिटाइजर, चस्मालगायतका सहयोगस्वरूप उपलब्ध गराएको थियो ।

पूर्वसभामुख कृष्णबहादुर महरा, डा. वीरेन्द्र झापाली, ताराराज्यलक्ष्मी सिंहको पहलमा संकलन भएको सामग्री अन्य क्षेत्रमा सहयोगस्वरूप उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ ।

स्वास्थ्य संकटमा समयमा सहयोग जुटाउनका लागि वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्रचार्य, पूर्वसभासद डीबी कार्की, पत्रकार प्रह्लाद रिजाल, वरिष्ठ अधिवक्ता खेम सापकोटा, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक रणबहादुर चन्द, अनिश राई, सम्बा तामाङ, ओमनाथ महर्जन, सोना श्रेष्ठ, राजनकुमार भुजेल, सोम भुजेल तथा अधिवक्ता रञ्जित खड्का र रोजक अधिकारी क्रियाशील रहेको प्रतिष्ठानले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्