बैतडीमा कोरोना संक्रमित ५ जना थपिए



नेपाल समाचारपत्र, बैतडी

बैतडीका कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा आज गरिएको परीक्षणमा बैतडीका थप ५ जनामा कोरोना पुष्टि भएको हो ।

आज पुष्टी हुनेमा मेलौली नगरपालिकाका १ महिला र ४ पुरुष रहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । संक्रमण पुष्टी भएका उनीहरू १८ वर्षदेखि ५० वर्षसम्मका रहेका छन् ।

उनीहरू सबै भारतबाट फर्किएका र आरडीटी पोजेटिभ देखिएको रहेका छन् । संक्रमण पुष्टी भएका पाँचैजना नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनमा रहेका र उनीहरूलाई छुट्टै आइसोलेसनमा राखिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि शुक्रबार पनि बैतडीमा ६४ जनामा संक्रमण पुष्टी भएको थियो । गत जेठ ९ गते पहिलो संक्रमित देखिएकोमा हालसम्म १ सय २१ जनामा संक्रमण पुष्ीट भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्