संक्रमित स्वास्थ्यकर्मीलाई तेत्तिस घण्टासम्म पनि आइसोलनमा लगिएन



दुर्गाप्रसाद शर्मा,पर्वत ।

कोरोना संक्रमण पुष्टि भएका पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीलाई पुष्टि भएको तेत्तिस घण्टा सम्म पनि आइसोलनमा भर्ना गरिएको छैन । संक्रमित स्वास्थ्यकर्मीलाई राख्नका लागि छुट्टै आइसोलेन कक्षको ब्यबस्थापन हुन नसक्दा संक्रमण पुष्टि भएको औपचारिक घोषणा भएको ३३ घण्टा सम्म पनि आइसोलेसनमा भर्ना नगरिएको हो ।

संक्रमित स्वास्थ्यकर्मी अहिले सम्म आवासगृहमा नै रहेका छन । पर्वत अस्पतालले शुक्रबार बिहान ७ बजे बिज्ञप्ती जारि गरेर कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न २ जना चिकित्सक सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको थियो । यद्यपी पर्वत अस्पाल प्रशासनलाई भने बिहीबार राती नै संक्रमण पुष्टिको औपचारिक जानकारी आएको थियो ।

त्यसलाई समेत आधार मान्ने हो भने ४२ घण्टा भन्दा बढी समय भैसकेपनि स्वास्थ्यकर्मीलाई आइसोलेसनमा भर्ना गर्न सकिएको छैन । स्वास्थ्यकर्मीले आफुँहरु बिरामीको उपचारका क्रममा संक्रमित बन्न पुगेपनि आइसोलेसनको ब्यबस्थापन समेत हुन नसकेको भन्दै असन्तुष्टि समेत जनाउन थालका छन ।

जिल्लास्तरीय कोभिड नियन्त्रण तथा रोकथाम केन्द्रले ब्लु एञ्जलमा रहेको क्वारेन्टाईनलाई नै आइसोलेसन बनाउने निर्णय गरेको थियो । त्यही ब्यबस्था अनुसार संक्रमित स्वास्थ्यकर्मीले त्यहाँ बस्न अस्विकार गरेको बुझिएको छ । फोहोर भएको र अन्य कारण देखाएर बस्न अस्विकार गरेपछि साँझ अबेर त्यहाँ पुगेपनि फर्किको र पूनः आवासगृहमै रहेको बताइएको छ ।

पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। शिशिर देबकोटा एउटा क्वारेन्टाईन र अर्को आइसोलेसन गरि दुई वटा होटल स्वास्थ्यकर्मीका लागि आबश्यक पर्ने बताउनुहुन्छ । दुई वटा होटलको ब्यबस्थापन हुन नसक्ने हो भने स्वास्थ्यकर्मीले काम गर्ने वातावरण नभएको बताउनुभयो ।

संक्रमित स्वास्थ्यकर्मीलाई पर्वतमा राख्ने अबस्था नभएमा पोखरा नै पठाउने कि भन्ने बिषयमा समेत छलफल गरिरहेको छ ।
सिसिएमसीका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी भने ब्लु एञ्जलको ब्यबस्थापन मिलाएर संक्रमित स्वास्थ्यकर्मीलाई त्यही राख्नुपर्ने बताउनुहुन्छ । त्यहाँ ब्यबस्थापन गरेका हौ, नमिलेका कुरा मिलाउन सकिन्छ तर बिकल्प नभएको अबस्थामा अप्ठेरो पार्नुभएन।

पर्वतमा कोरोना संक्रमितलाई राखेर उपचार गर्नका लागि गुप्तेश्वर बहुमुखी क्याम्पसमा कोरोना अस्थायी अस्पताल सञ्चालनमा छ । गम्भीर देखिएका बिरामीलाई २० बेडको अस्पतालमा राख्ने र कुनै लक्षण नदेखिएका संक्रमितलाई क्याम्पसमै बनाइएको प्रि आइसोलेसनमा राखेर उपचार गर्ने ब्यबस्था मिलाइएको छ । अहिले पनि २९ जना संक्रमित गुप्तेश्वर बहुमुखी क्याम्पसमा बनाइएको आइसोलेसनमा नै रहेका छन ।

वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएपछि पर्वत जिल्ला अस्पताललाई एक प्रकारले सिल गरिएको छ । अस्पतालमा इमर्जेन्सी बाहेकका सबै सेवा समेत बन्द गरिएको छ । अस्पताल वरपरको क्षेत्रमा सिल गरिएको छ । आवातजावत बन्द छ ।

होम क्वारेन्टाईनमा रहेका बेला असार २ गते देखि बिहीबार (असार ४) गते सम्म तीन दिन जना संक्रमित चिकित्सकले पर्वत अस्पतालको ओपिडीमा बिरामी जाँच गर्ने, गर्भवती महिलाको भिडीयो एक्सरे गर्ने लगायतका सेवा दिएको पाइएको छ ।

अस्पतालमा ओपिडीमा बिरामीको चाप भएको र धेरै स्वास्थ्यकर्मी कोरोना अस्पतालमा डियुटी र क्वारेन्टाइनमा बसेकाले होम क्वारेन्टाइनमा रहेका चिकित्सकलाई डियुटीमा खटाउनुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। शिशिर देवकोटाले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले भने बिरामीको चाप देखेर असल मनसायका साथ चिकित्सकले बिरामी जाँच गरेको हुन सक्ने बताउँदै अस्पतालका स्वास्थ्यकर्मीको रिर्पोट बाहिर नआउनञ्जेल आत्तिन नपर्ने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्