कोरोनाका कारण भारतीय सञ्चारमाध्यम चरम आर्थिक संकटमा



नयाँदिल्ली, एजेन्सी ।

भारतको प्रेस आर्थिक समस्याबाट गुज्रिरहेको छ । २४ मार्चमा भारतिय प्रधानमन्त्री नरेन्द« मोदीले कोभिड –१९ को कारण देशव्यापि रुपमा लकडाउनको घोषणा गरेयता अर्थतन्त्रै ठप्प हुन पुगेको हो । विशेषगरी समाचार उद्योग नराम्ररी प्रभाबित हुन पुगेको छ । नयाँदिल्ली स्थित अर्थ पत्रकार सिरिल सामले यसबारे बुँदागत जानकारी दिने प्रयास गरेका छन् ।

१. दि हिन्दु अखवारले १८ जुनमा सम्पादन शाखा , कर्मचारी र अन्य क्षेत्रका अज्ञात संख्यामा जनशक्ति घटायो । अहिले सम्म कर्णाटकमा करिव १० र मुम्वइमा २० जना पत्रकारलाई जागिरबाट हटाइएको पुष्टि भइसकेको छ । पत्रकारहरुलाई राजिनामा दिन दवाव दिइएको वा तिनीहरुको जागिर जाने खतरा रहेको छ । पत्रकारहरु यसबाट आफ्नो बायोडाटा नै खराब हुने बताउँछन् ।

२. १७ जुनमा इन्डिया टुडे समुहका संस्थापक तथा प्रकाशक अरुण पुरीले आन्तिरिक इमेल मार्फत आगामी महिना देखि तलब कटौति हुने र घरबिदामा राखिनेबारे घोषणा गरे । तर अझै कतिजनालाई जागिरबाट निकालिए र कुन हद सम्म तलब काटिए भन्ने स्पष्ट भइसकेको छैन ।

३. ९ जुनमा दि हिन्दुस्तान टाइम्सको मुम्वइ संस्करणका पत्रकारहरुलाई राजिनामा दिन बाध्य गराइए ।

४. एसिया भाइलले ५ जुन देखि आफ्नो अंग्रेजी वेवसाइटबाट दुई र हिन्दी वेवसाइटबाट पाँच जना पत्रकारलाई बिदामा राख्यो । यसले अंग्रेजी , हिन्दी , मलायम र तमिलमा पनि अखवार निकाल्छ । तमिल र र मलायममा कतिजना पत्रकार प्रभावित भए भन्ने स्पष्ट भएको छैन ।

५. फस्र्ट पोस्टले ३ जुनमा अज्ञात संख्याका पत्रकारलाई विदामा राख्यो ।

६. दि टेलिग्राफले औपचारिक रुपमै ३१ मेमा झारखण्ड र नर्थ इस्टको संस्करण बन्द गरिने घोषणा ग¥यो ।

७ . आउटलुकले ३० मेमा अप्रिल, मे र जुन महिनाको तलब कटौति हुने घोषणा ग¥यो। हुनत यस पत्रिकाका पत्रकार तथा कर्मचारीले जनवरी देखिकै पनि पुरानो स्केलको पूरा तलब पाएको छैनन् । २५ जनवरी देखि त आउटलुक म्यागाजिन र आउटलुक मनीको छपाई नै रोकिएको छ ।

.८ . टिभी टुडे नेटवर्कले ३० मेमा आन्तरिक सुचना जारी गरेर ३० जुनदेखि दिल्ली आजतक प्रशारण रोक्ने घोषणा ग¥यो ।

९ .त्यसैगरी साकाल टाइम्स र गोमान्तक टाइम्सले १ जुन देखि आफ्नो काम बन्द गरेका छन् । यसबाट साकालका ४५ र गोमान्तकका १३ जना पत्रकार प्रभावित भएका छन् ।

१०. नेटवर्क १८ ले २७ मेमा आन्तरिक इमेल मार्फत तलब कटौतिको घोषणा गरेको थियो । यसबाट नेटवर्कका टेलिभिजन र डिजिटल प्रभावित भए ।

११ दि न्यु इन्डियन एक्सप्रेसले १ जुनदेखि इपेपर निकालिरहेको छ ।

१२. पत्रिकाले २६ मेदेखि भारतभरिका पत्रकारहरुसंगको सम्झौता रद्ध गर्न शुरु ग¥यो । पत्रिकाले राजस्थान , मध्य प्देश , छत्तिसगढ , गुजरात , वेस्ट वंगाल , कर्णाटक र तमिलनडुबाट अखवार निकाल्ने गरेको छ भने यसले विभिन्न राज्यमा आफ्न वेवसाइट पनि चलाउँदै आएको छ । प्रिन्ट र वेवसाइट दुवैका पत्रकारहरुको जागिर गएको छ । अप्रिलको शुरु देखि कम्पनीले कर्मचारीको तलब बिना सुचना कटौति गरेको छ ।

१३. एबिपि डिजिटलले २६ मेमा अपुष्ट संख्यामा पत्रकारलाई विदामा बस्न लगाएको छ ।

१४.विकातन ग्ुपले २१ मेदेखि चेन्नाइमा १ सय ७२ जना कर्मचारीलाई विदामा राखेको छ । प्रभावित हुने पत्रकारको संख्या थाहा हुन सकेको छैन ।

१५ . दि टेलिग्राफले गुहटी न्युजरुमको आफ्नो न्युजरुम बन्द गरेको छ । जसबाट त्यहाँका पाँचजना स्थायी पत्रकार विदामा वस्न बाध्य भएका छन् ।

१६. केरला स्थित टाइम्स अफ इन्डियाले २१ मेदेखि राज्यका चार संस्करण मध्ये दुइृवटा कोची अपकन्ट्रि र मलावर बन्द गर्ने औपचारिक घोषणा ग¥यो ।

१७. केरला स्थित दि टाइम्स अफ इन्डियाले सातजना रिपोर्टर र तीनजना डेस्क सम्पादकलाइृ विदामा बस्न लगायो ।

१८. दि न्यु इन्डियन एक्सप्ेसले ३१ मेदेखि केरला स्थित भाडामा लिइएको आठ वटा ब्युरोका कार्यालय खाली गरायो ।

१९. दि टाइम्स ग्रुपले १५ मेदेखि अंग्रेजी नामका दि टाइम्स अफ इन्डिया , दि इकोनोमिक टाइम्स र मिररका इपेपर निकाल्न थाल्यो ।

२० . दि इन्डियन न्युजपेपर सोसाइटिले पत्रकार तथा कर्मचारीहरुलाई जागिरबाट निकालिएको र तलब कटौति गरिएको विरुद्ध भारतको सर्वोच्च अदालतमा १३ मेमा याचिकापत्र दायर ग¥यो ।

२१. दि कारभान नमक पत्रिकाले १२ मेमा आन्तरिक इमेल पठाएर आगामी चार महिनासम्म तलब काट्ने घोषणा ग¥यो । काटिएको तलब पनि किस्तावन्दिमा दिइने सुचना पत्रकार तथा कर्मचारीलाई दिइयो ।

२२.दि न्यु इन्डियन एक्स्प्रेसले १२ मेमा इमेल मार्फत पत्रकारहरुलाई १६ मेदेखि तलब काटिने सुचना दिइयो । घरबाटै काम गर्दै आइरहेका पत्रकारहरुको पहिलेदेखि नै मासिक तलबमा ३० प्रतिशतले कटौति गरिएको थियो ।

२३ दि न्युज ब्रोडकास्टर्स एसोसियसनले ११ मेमा न्युजरुमका पत्रकारहरु माथि अन्याय भयो भन्दै सर्वोच्च अदालतमा उजुरी हाल्यो ।
२४ फोच्र्युन इन्डिाया पनि निकाल्दै आएको आनन्द बजार पत्रिकाले १० मेमा दिल्ली , वेंगालुरु , नोयदा , चेन्नाइ र हैदरावाद स्थित भाडाका कार्यालय भवन खाली गराउन इमेल पठायो ।

२५. उत्तर प्रदेशले ८ मेमा राज्यमा श्रमजिवी कानुन निलम्वन गर्ने क्रममा श्रमजिवी पत्रकार कानुन पनि निलम्वन ग¥यो ।

२६. दि इकोनोमिक टाइम्स्ले ६ मेमा कोलकाता , कोची र चण्डिगढमा रोजगार कटौति ग¥यो ।

२७ . दि क्विन्टले ६ मेमा आफुलाई बम्बे स्टक एक्सचेन्जमा सुचिकृत ग¥यो । भारु ३० करोड ५८ लाखको इन्टरप्राइज मुल्य रहेको कम्पनी भारु १२ करोड ६२ लाखमा बिक्रि भयो ।

२८. ट्रिब्युन इन्डियाले २ मेमा आन्तरिक सुचना जारी गरी तलब कटौतिको घोषणा ग¥यो ।

२९ दि इन्डियन एक्स्प्रेसले ३० अप्रिलमा आन्तरिक सुचना मार्फत तलब भुक्तानीमा ढिलाई हुने जानकारी गराइयो ।

३०. फोच्र्युन इन्डियाले २० जनाको शसक्त सम्पादकीय टोलिलाई २८ अप्रिलमा तीन महिनाको बेतलबी विदा दियो ।

३१ दि इन्डियन न्युजपेपर सोसाइटिले सुचना तथा प्रशारण मन्त्रालयलाई दुई वर्षको कर विदा , सरकारी विज्ञापन मुल्य र प्रेस क्षेत्रको बजेट वृद्धिको माग गर्दै २५ अप्रिलमा दोश्रो पत्र लेख्यो । निजी क्षेत्रको आगामी ६ – ७ महिनाको घाटा १२ देखि १५ हजार करोड भारु पुग्ने अनुमान गरियो ।

३२ .दि हिन्दुले पनि २५ अप्रिलदेखि तलब कटौतिको घोषणा ग¥यो ।

३३ . केरलाको थिरुभानान्थापुराम बाहिरको मलायम टिभी च्यानलमा आधारित जयहिन्द टिभीले पनि २५ अप्रिलमा तलब कटौतिको घोषणा ग¥यो ।

३४ .बम्बे स्टक एक्सेन्चमा फाइलिंग गर्दै एनडिटिभीले २३ अप्रिलमा १० देखि ४० प्रतिशत तलब कटौति गर्ने घोषणा ग¥यो ।

३५. टाइम्स अफ इन्डिया , इकोनोमिक टाइम्स , मिरर , नव भारत टाइम्स , महाराष्ट्र टाइम्स र विजय कर्णाटक आदीका मालिक बेन्नेट कोलम्यान एन्ड कम्पनी लिमिटेडले पनि २३ अप्लिमा नयाँ तलब ढाँच बनाउने र तलब कटौति गर्ने घोषणा ग¥यो ।

३६ ब्लुमवर्ग – क्विन्टले आफ्नो टेलिभिजन डिभिजन बन्द गर्ने निधो ग¥यो । यसले एक सयजनाको रोजगार प्रभावित हुने भएको छ ।

३७. पत्रकारहरुका रोजगार गुमेको र तलब घटाइएको भन्दै १६ अप्रिलमा राष्ट्रिय पत्रकार गठबन्धन , दिल्लीको पत्रकारको संघ , ब्रिहान मुम्वइ पत्रकार संघ, इन्डियन न्युजपेपर सोसाइटि र न्युज ब्रोडकास्टिंग एसोसियसनले सर्वोच्च अदालतमा १६ अप्रिलमा याचिकापत्र दायर गरे ।

३८.इन्डिया लेगलले १५ अप्रिलमा कर्मचारीको मार्चको तलब काटिएको जनायो ।

३९. महाराष्ट्र राज्यले १७ अप्रिलमा मुम्वइ र पुणेमा अखवार आपुर्ति माथि प्रतिवन्ध लगायो ।

४०. एचटि मिडियाले आन्तरिक सुचना माफत १६ अप्रिलमा तलब मिलान गरिने जनायो ।

४१. दैनिक भाष्करले १६ अप्रिलमा कूल जनशक्ति मध्ये १२ प्रतिशत अर्थात करिव १ हजार कर्मचारीको तलबको संरचना बदल्यो ।

४२ . टाइम्स लाइफको सन्डे सप्पलमेन्ट हेर्ने तीनजना पत्रकारलाई विदा गरियो ।

४३ . दैनिक जागरणको स्वामित्वमा रहेको नइ दुनियाले १३ अप्रिलमा प्रिन्ट अपरेसन रोक्यो ।

४४. मैसुरको स्टारले १२ अप्रिलमा आफ्नो प्रिन्ट अपरेसन बन्द ग¥यो ।

४५ . इन्डियन न्युजपेपर सोसाइटीले ९ अप्रिलमा न्युजप्रिन्टको ५ प्रतिशत भन्सार महशुल हटाउने सरकारी विज्ञापनको ५० प्रतिशत मुल्य र प्रिन्ट मिडियाका लागि छुट्याइने बजेटमा १ सय प्रतिशतले वृद्धि गर्ने माग सहित सुचना तथा प्रशारण मन्त्रालयलाई पत्र लेखे ।

४६. पत्रकारहरुका नाममा ९ र १० अप्रिलमा जारी गरिएको सुचना अनुसार क्विन्टका केहि पत्रकारलाई बेतलबीमा बस्न भनियो भने ६५ हजार भारु भन्दा बढि मासिक तलब लिँदै आएकाहरुलाई तलब काटिने जानकारी दिइयो ।

४७ फोर्बेस इन्डियाले २७ मार्चदेखि प्रिन्ट अपरेसन रोक्यो ।

४८ . अमर उजालाले ७ अप्रिलदेखि प्रमुख सह– सम्पादकदेखि माथिका सबैका तलब कटौति ग¥यो ।

४९. इन्डिया अहेड न्युजले ४ अप्रिलदेखि तलब कटौति शुरु ग¥यो ।

५०. दि बिजिनेस स्टान्डर्डले पनि तलब कटौतिको सुचना जारी ग¥यो ।

प्रतिक्रिया दिनुहोस्