कृषकलाई गोला सहितको १ सय मौरीका घार वितरण



भूपराज बस्याल, स्याङ्जा ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मौरी पकेट कार्यक्रम अन्र्तगत भीरकोट नगरपालिका वडा न ५ मा रहेको नव सिर्जना कृषि सहकारीले आफ्ना व्यवसायिक मौरी पालक ७३ जना कृषकहरुलाई १ सय गोला सहितको मौरी घार वितरण गरेको छ ।

एक सय गोला सहितको मौरी घार वितरण गर्दै नगर प्रमुख छायाराम खनालले महको सेवनले मानिसको विभिन्न प्रकारको रोगसंग लड्न सक्ने प्रतिरोधात्मक शक्ति प्रदान गर्ने र महवाट मानिसलाई चाहिने हरेक पौष्टिक आहार प्राप्त हुने हुँदा सजिलै विक्री गर्न सकिने भएकाले मौरी पालन प्रति कृषकहरु आर्कषित हुदै गएको वताउनुभयो ।

भीरकोट नगरपालिकाको ३ र ५ वडामा संचालित नव सिर्जना कृषि सहकारीले कृषि ज्ञान केन्द्रमा प्रस्तावना पेश गरे वमोजिम रु ३२ लाखको मौरी पकेट क्षेत्र संचालन भएको र कृषकहरु लाई ५० प्रतिशत अनुदानमा मौरी गोला वितरण गरीएको प्रमुख खनालले वताउनुुभयो ।

नगरलाई मौरी मय वनाउनको लागि कृषकहरुलाई गोला सहितको मौरीको घार वितरण गरेको भन्दै प्रमुख खनालले दत्तचित्त भएर मह उत्पादन वृद्धी तर्फ लाग्न कृषकहरुलाई आग्रह गर्नुुभयो ।

संस्थाका शेर सदस्यहरुको मौरी उत्पादनमा दक्षता अभिवृद्धीको लागी मौरीको घार लिनेहरुको लागी ५ दिने मौरी पालन तालिमको संचालन गर्ने भीरकोट नव सिर्जना कृषि सहकारीका अध्यक्ष श्याम प्रसाद खनालले वताउनुुभयो ।

यसै गरी भीरकोट ३ मा भने आगामी असार १५ गते भित्र मौरी पालन गर्ने कृषकहरुको छनोट गरी तालिम र गोला सहितको मौरीको १ सय घार वितरण गर्ने मौरी पकेट क्षेत्रका अध्यक्ष नन्दलाल खनालले वतानुुभयो ।

प्रतिक्रिया दिनुहोस्