सन् १९६१ पछि यस वर्ष एसियाको आर्थिक वृद्धि सबैभन्दा कम



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोनाका कारण एसियाको आर्थिक वृद्धिदर पछिल्लो ६० वर्षयताकै न्यून अंकमा हुने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ। एडीबीले गत अप्रिलमा प्रकाशित गरेको रिपोर्टलाई संशोधन गर्दै आज नयाँ रिपोर्ट सार्वजनिक गरेको छ ।

एडीबीका अनुसार कोरोनाका कारण आर्थिक गतिविधि प्रभावित हुँदा यस वर्ष एसियाको आर्थिक वृद्धिदर शून्य दशमलव १ प्रतिशतमा सीमित हुने भन्दै संशोधित अनुमान प्रकाशित गरेको हो।

एडीबीले एयिसन डेभलपमेन्ट सप्लिमेन्ट लाउटलुक बिहीबार प्रकाशित गर्दै उक्त तथ्य सार्वजनिक गरेको छ । यसअघि एडीबीले एसियाको आर्थिक वृद्धिदर २ दशमलव २ प्रतिशत कायम हुने प्रक्षेपण गरेको थियो ।

त्यसलाई संशोधन गर्दै नयाँ प्रक्षेपण सार्वजनकि गरेको हो। एडीबीका अनुसार यो सन् १९६१ यताकै न्यून रहेको छ। सन् २०२० मा पूर्वी एसियाको आर्थिक वृद्धिदर १ दशमलव ३ प्रतिशत हुने एडीबीले जनाएको छ।

यसअघि २ दशमलव ३ प्रतिशत हुने प्रक्षेपण थियो। त्यस्तै दक्षिण एसियाको आर्थिक वृद्धिदर ३ प्रतिशत हुने प्रक्षेपण छ। यसअघि ४ दशमलव १ प्रतिशत थियो। दक्षिण पूर्वी एसियामा २ दशमलव ७ र मध्य एसियामा शून्य दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने एडीबीले ले प्रक्षेपण गरेको छ।

प्रतिक्रिया दिनुहोस्