सुनको मूल्य अहिले सम्मकै उच्च



काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य बुधबार प्रतितोला १ सय रुपैयाँ बढेर प्रतितोला ८९ हजार ८०० रुपैंयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य आज अहिले सम्मकै उच्च बिन्दुमा पुगेको हाे ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो । यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३६५ रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने प्रतितोला ९३० रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्