कर्णाली प्रदेश बजेट: ३३ अर्ब ७४ करोड



सुर्खेत, (नेस)

आगामी आर्थिक वर्षका लागि कर्णाली प्रदेश सरकारले २०७७/७८ का लागि ३३ अर्ब ७४ करोड बजेट पेश गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ ।

बजेटको पुँजीगत तर्फ १९ अर्ब छ करोड ९१ लाख २१ हजार, चालूतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार र वित्तीय हस्तान्तरणतर्फ २ अर्ब, ९९ करोड ६५ लाख रुपियाँ बजेट विनियोजन गर्नुभएको छ ।

बजेटको स्रोतमध्ये राजस्वबाट ३० करोड ६ लाख ५३ हजार, चालू आवको बचत ११ अर्ब १९ करोड ९ लाख ८५ हजार, राजस्व बाँडफाँडबाट ७ अर्ब ३९ करोड ५६ लाख, वित्तीय समानीकरणबाट प्राप्त भएको नौ अर्ब ६३ करोड २९ लाख र सशर्त अनुदानबाट चार अर्ब ४९ करोड ११ लाख रुपियाँ व्यवस्थापन हुनेछ ।

त्यस्तै नेपाल सरकारको समपुरक अनुदानवापत् २५ करोड २५ लाख, विशेष अनुदानवापत् ४६ करोड प्राप्त हुने अनुमान गरिएको छ । वैदेशिक अनुदान सहायताबाट सञ्चालित हुने कार्यक्रममा एक करोड ७६ लाख १५ हजार स्रोत परिचालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्