अब असार ७ गतेसम्म कर तिर्न नपर्ने : सर्वोच्च



न्युज अफ नेपाल,काठमाडौं ।

अब असार ७ गतेभित्र कर बुझाउन नपर्ने भएको छ । यसअघि सरकारले लकडाउन खुकुलो भएलगत्तै कर तिर्न ताकेता गर्दै असार ७ गतेको अल्टिमेटम दिएको थियो ।

यद्यपी सर्वोच्च अदालतले यसअघि असार ७ गतेभित्र कर तिर्न ताकेता नगर्न आदेश दिएको थियो । सर्वोच्चको अन्तरिम आदेशबिरुद्ध सरकारले पुनर्विचारका लागि रिट दर्ता गरेपनि उक्त निवेदन सर्वोच्चले खारेज गरेको छ । अब जनताले लकडाउन खुलेको ३० दिन भित्र कर तिर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्