हेर्नुहोस् सुनको आजको बजार मूल्य कति ?



काठमाडौं ।

सुनको मूल्य सोमबार प्रतितोला सय रुपैयाँ बढेर ८९ हजार सात सय रुपैयाँ पुगेको छ। गत शुक्रबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँ तोकिएको छापावाल सुन आइतबारसम्म सोही मूल्यमा किनबेच भएको थियो।

यस्तै, तेजावी सुनको मूल्य पनि सय रूपैयाँ बढेको छ। महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार दुई सय ६५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्