सुनचाँदीको बजारलाई सामान्यीकरण गर्न नेपाल सुनचाँदी ब्यवसायी महासंघको अनुरोध



  • न्युज अफ नेपाल,काठमाडौं

नेपाल सुनचाँदी ब्यवसायी महासंघले र्याप्त सुरक्षा सतर्कता अपनाउँदै सुनचाँदी बजारलाई सामान्यीकरण गर्र्न सम्वद्ध ब्यवसायीहरुलाई आग्रह गरेको छ । महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीको प्रभावबाट सुनचाँदी ब्यवसायमा उत्पन्न भएको बिशेष परिस्थितिको सामना गर्दै स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सुनचाँदीको बजारलाई सामान्यीकरण गर्र्न ब्यवसायी, आम उपभोक्ता एवं नेपाल सरकारबाट आवश्यक साथ र सहयोगका लागि बिशेष अनुरोध गरेको हो ।

महासंघका प्रवक्ता मनोज कुमार शाहद्धारा जारी विज्ञप्तिमा कोरोना महामारीको प्रकोपवाट जोगिएर सुजवुझकासाथ ब्यवसायलाई सामान्यिकरणतर्फ लैजान आग्रह गरिएको छ । विज्ञप्तिमा ब्यवसायी, आम उपभोक्ता एवं नेपाल सरकारसँग आवश्यक साथ र सहयोगका लागि बिशेष अनुरोध गरिएको छ ।

‘बिश्वब्यापी कोरोना महामारीको कारण हाम्रो देशमा पनि जारीरहेको लकडाउनले गर्दा बन्द भएका सेवा, उद्योग, पसलहरू क्रमशः खुल्ने क्रममा छन् । कोरोना भाइरसको कारण बिरामी भएकासम्पूर्ण नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छौं र यस महामारीका कारण देश भित्र र देशबाहिर मृत्युवरण गरेका सम्पूर्ण नेपालीप्रति समबेदना प्रकट गर्न चाहन्छौं,’ प्रवक्ता शाहद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा महासंघले बिपत्तिको यस घडीमा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै नेपाल सरकार प्रधानमन्त्री राहत कोषलाई १५ लाख आर्थिक सहयोग हस्तान्तरण गरेको उल्लेख छच । १ करोड ८ लाख रुपैयाँको यस महासंघ मातहतका ६५ वटा जिल्ला/नगर संघलाई परिचालित गरि ती जिल्ला/नगर संघ मार्फत बिभिन्न राहत बितरण कार्य भई सकेको र यो देशका जिम्मेवार एवं ब्यवसायीहरूको साझा संगठनको रूपमा यस महासंघले बिगतमा महाभुकम्प २०७२ मा पनि २५लाख रुपैयाँ सहयोग गरेको स्मरण गर्दै आफ्नो ठाउँबाट कल्याणकारी सामाजिक कार्यहरूमा निरन्तर लागी पर्ने प्रतिबद्धता प्रतिवद्धता प्रवक्ता शाहले ब्यत्तः गरे ।

कोरोना भाइरस महामारीको कारण सुनचाँदी ब्यवसाय पनि आक्रान्त भएको छ । लगभग ६० अर्ब रुपैयाँ लगानी रहेको यो क्षेत्रलाई अहिलेको संकटबाट बचाउन थप सहुलियतपूर्ण ऋण, ब्याज र दस्तुर मिनाहा लगायतको आर्थिक प्याकेजको आवश्यकता रहेको छ ।

किनभने गत बर्षदेखि नै सुनको भाउको उच्च वृद्धिको कारण उत्पन्न मन्दीले सुनचाँदी ब्यवसाय थिलोथिलो भएको अवस्थामा झन अहिले करिव ३ महिनादेखिको लकडाउनले थप संकटग्रस्त भएको छ । ब्यवसायीले घर बहाल तिर्न, कर्मचारीहरूको तलब, बैंक किस्ता र ब्याज बुझाउन ठूलो कठिनाइ उत्पन्न भएको छ ।

कोरोनाकै कारण केही दिन यता सुनको मूल्य प्रति तोला ९०,००० नजिक रही हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । हाल भइरहेको नेपाली मुद्राको अवमूल्यन र राजस्व ९भन्सार० अभिबृद्धिले सुनको मूल्यलाई थप महँगो बनाएको हो । यस्तो परिस्थितिमा एकातिर लकडाउनको कारण खर्च अभाव झेलिरहेका सर्वसाधारणको घुइँचो फिर्ता बिक्रीको लागि एकैचोटी आएमा बजारले थेग्न सक्ने अवस्था रहँदैन ।

त्यसैले बजारले सामना गर्न नसक्ने यस्तो परिस्थितिमा ब्यवसायीले आवश्यक नगदको बन्दोबस्त गर्न, आम उपभोक्तालाई केही समय धैर्य धारण गर्न र सरकारले नीतिगत निर्णय गरी सक्दो सहजीकरण गर्नु अति आवश्यक हुन्छ । एकातिर स्वास्थ चुनौती, अर्कोतिर बढ्दो मूल्य र मास्क लगाएका ब्यक्तिसँग कारोबार गर्दा हुनसक्ने थप सुरक्षा चुनौतीको कारण सरकारबाटचुस्तदुरुस्त सुरक्षा प्रत्याभूतिको पनि उत्तिकै जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्