सरकारले घटायो हवाई भाडा



नेपाल समाचारपत्र, काठमाडौं

चौतर्फी आलोचना भएपछि सरकारले विदेशमा रहेका नेपालीको उद्धारका लागि हवाई भाडा घटाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातवटाबाहेक अन्य गन्तव्यको भाडा सामान्य घटाएको हो ।

सरकारले साउदी अरबको दमामको भाडा ५ सय ९० डलरबाट घटाएर ५ सय ३०, रियादको ६ सय ३० डलरबाट ५ सय ६५, जेद्दाको ७ सय ७० डलरबाट ६ सय ९०, जोर्डनको ८ सय १५ डलरबाट ७ सय ७५, साइप्रसको ८ सय ७५ बाट ८ सय ३०, सुडानको ९ सय ४० डलरबाट ८ सय ९०, फ्रयाङ्कफर्ट १२ सय ५५ डलरबाट ११ सय ९०, लन्डन १३ सय ४० डलरबाट १२ सय ९०, दुबई ५ सय डलरबाट ४ सय ५० डलर बनाएको छ ।

यस्तै आबुधाबीको ५ सय डलरबाट ४ सय ५०, शारजहाँको ५ सय डलरबाट ४ सय ५०, माल्दिभ्सको ५ सय ५ डलरबाट ४ सय ८०, ओमानको ५ सय १० डलरबाट ४ सय ६०, क्वालालम्पुरको ५ सय २० डलरबाट ४ सय ६५, दोहाको ५ सय ४५ डलरबाट ४ सय ९०, बहराइनको ५ सय ४५ डलरबाट ४ सय ९०, कुवेतको ५ सय ७० डलरबाट ५ सय १० डलर कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्